बजेटमा आएन उत्तरगंगा जलविद्युत र अछेते–गलकोट सुरुङ मार्ग

आदर्श अनलाइन, बागलुङ

बजेट आउदा बागलुङका नागरिकहरुलो चासो दिएस सुन्ने भनेको उत्तरगंगा जलाशययुक्त आयोजना के होला । तर यस पटकको बजेट तथा कार्यक्रममा बागलुङको बलेवा विमानस्थल बाहेक अन्य कुनै ठूला आयोजना समावेश भएन ।

बागलुङले संघीय मन्त्री पाएको र बागलुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित शिक्षा विज्ञान तथा मन्त्री देवेन्द्र पौडेलको क्षेत्रमा पर्ने उत्तरगंगा जलाशय युक्त आयोजना सरकारको प्राथमिकतामा पर्न नसक्दा यहाँका स्थानीयहरुले दुखेसो पोखेका छन् ।

गत वर्ष देखि चर्चामा रहेको र सरकारले अध्ययन थाल्ने भनेको बागलुङको अछेते देखि गलकोट सम्मको शुरुङमार्गको बजेटमा कही कतै नामै आएको छैन । कालोपत्रे भएर सञ्चालनको तयारीको रुपमा रहेको बलेवा विमानस्थललाई भने सरकारले बजेट तथा कार्यक्रममै राखेर सम्बोधन गरेको छ ।

कालोपत्रे भएर सञ्चालनको लागि तयारी रहेको विमानस्थललाई स्तरोन्नती गर्ने बजेटमा उल्लेख गरेपनि उत्तरगंगा जलाशय युक्त आयोजना र अछेते–गलकोट सुरुङ मार्ग नअटाएको हो । सरकारले उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनालाई हाल सम्म प्राथमिकतामा राख्दै आएको भएपनि अर्थमन्त्री जनार्दश शर्मा यसको विपक्षमा भएका कारण बजेटमा आउन नसकेको विपक्षी दलका नेताहरुले बताएका छन् ।

उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना नेपालको सस्तो आयोजनाका रुपमा रहेको अध्ययन प्रतिवेदनले जनाएको छ ।

तर उक्त आयोजनाको पानी निसीखोला नझारेर रुकुम खसाल्ने केही माओवादी नेताको नियतका कारण लामो समयदेखि अन्योलमा रहेको जलाशययुक्त जलविद्युत आयोजना बजेट भाषणबाटै गायब भएको छ । उर्जामन्त्री हुँदा जनार्दश शर्माले ढोरपाटनको पानी रुकुम खसाल्न लविङ गर्नुभएको थियो ।

उहाँनै अहिले अर्थमन्त्री हुँदा बागलुङ संगै गण्डकी प्रदेशको भविश्य संग जोडिएको उत्तरगंगा जलाशय युक्त जलविद्युत आयोजना बजेट भाषणमै नपरेको स्थानीयको भनाई छ ।

बागलुङमा ठूलो आयोजना सम्पन्न हुँदा नेपालकै अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने आयोजनाप्रति भइरहेको ढिलासुस्तीप्रति स्थानीयले विरोध गर्दै आएका छन् । यस्तै गत वर्षको गण्डकी प्रदेश सरकारले बागलुङको अछेते हुँदै गलकोट पुग्नका लागि शुरुङ मार्गको अध्ययन गर्ने र जस्का लागि संघीय सरकारलाई आग्रह गर्ने जनाएको थियो । यसपटक संघीय मन्त्रीनै पाएको बागलुङले शुरुङमार्गको अध्ययन अगाडी बढाउनेमा आशावादी रहेका थिए ।

तर दुवै ठूला योजना बजेटमा नपरेपछि यहाँका जनता रुष्ट बनेका छन् । अहिलेको सरकारले समृद्धि तर्फ ध्यान नदिएर चुनाव लक्षित र वितरणमुखी बजेट ल्याएको नेकपा एमाले बागलुङका प्रचार र विभाग प्रमुख चन्द्र प्रकाश शर्माले बताउनुभयो ।

“केपी ओलीको पालामा वलेवा मिानस्थलको धावनमार्ग कालोपत्रेका लागि काम भएको थियो, अहिले पुनःस्तरोन्नती गर्ने भन्ने आएको रहेछ, त्यो निकै अस्पष्ट छ सरकारले नियमित चलाउने भन्न सक्नुपर्दथ्यो” शर्माले भन्नुभयो “उत्तरगंगा जलाशय युक्त जलविद्युत आयोजना रोक्न अहिलेका अर्थमन्त्री लाग्नुभएको थियो, त्यसैकोे परिणाम हो यो, सस्तोमा विद्युत उत्पादन गर्ने र हिउँद–वर्खामा समान विद्युत उत्पादन उत्पादन गर्ने आयोजनालाई अहिलेको सरकारले प्राथमिकता दिन नसक्नु बागलुङले जनताका लागि दुखद् हो ।”


त्यस्तै शर्माले शुरुङमार्ग बनाउने योजना अहिलेको सरकारले ल्याउन नसक्ने बताउदै वितरण मुखी बजेट ल्याउने सरकारले दीर्घकालिन योजना ल्याउन नसक्ने बताउनुभयो । सरकारले ल्याएको बजेटमा बागलुङमा लामो समयदेखि चर्चामा रहेको उत्तरगंगा जलाशय युक्त जलविद्युत आयोजना समावेश नहुँदा यहाँका जनताले दुख मानेका छन् । रु. सात करोडमा स्तरोन्नती संगै बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे भइसकेको र थप पूर्वाधार निर्माण संगै विमानस्थल सञ्चालन हुँनेमा स्थानीयहरु आशावादी रहेका छन् । बलेवा विमानस्थल स्तरोन्नती संगै सञ्चालनमा ल्याउने सरकारको कदम प्रसंशनीय भएपनि बजेटमा उत्तरगंगा र शुरङ मार्ग छुट्न नुहुँने स्थानीयको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *