कालिगण्डकीमा अवैध ढुङ्गा बालुवा बोक्ने तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा ढुङ्गा तथा बालुवा उत्खनन् गरि रहेका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार राति साढे १० बजे कालिगण्डकी किनारमा ढुङ्गा बालुवा उत्खनन् गरि रहेका ध १ त ३५५, ध १ त २३७ र ध १ त ४५८ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको ट्याक्टर चालकलाई प्रहरीले बागलुङ नगरपालिकामा बुझएको थियो । नगरपालिकाले ढुङ्गा बालुवा जफत गरेको छ । उनीहरुलाई ५/५ हजार जरीवाना गरेर छोडि दिएको रानाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *