एमाले केन्द्रीय सहकारी विभागमा बागलुङका जिसी चयन


आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको सदस्यमा गण्डकी प्रदेशबाट सहकारी अभियन्ता राम बहादुर जिसी चयन हुनु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सातौ सचिवालय वैठकले एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभाग गठन गरेको जानकारी पार्टी महासचिव शंकर पोखरेलले गराउनु भएको छ । महासचिव पोखरेलले सहकारी तथा गरिवी निवारण विभागका सदस्यहरुको बारेमा जानकारी गराउदै प्राप्त जिम्मेवारी अनुरुप कार्यसम्पादनका लागि शुभकामना व्यक्त गर्नु भएको छ ।

हाल २३ सदस्यीय विभागमा गण्डकी प्रदेशबाट जिसीको सहभागिता रहेको छ । जिल्ला सहकारी संघ बागलुङका पूर्व अध्यक्ष जिसी २०६५ सालदेखि राष्ट्रिय सहकारी बैंकको लेखा सदस्य तथा सञ्चालक सदस्यका रुपमा काम गर्दै आउनु भएको छ । जिसी एमाले गण्डकी प्रदेश कमिटिको सदस्य समेत रहनु भएको छ । एमाले केन्द्रीय कमिटिले विभागको संख्या ३५ जना सम्म हुने व्यवस्था गरेको छ ।

बागलुङलाई कर्मथलो बनाएर सहकारी अभियानमा करिव ३ दशकदेखि क्रियाशिल जिसी तेस्रो पटक एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको सदस्य चयन हुनु भएको हो । २०७३ सालमा तत्कालिन सहकारी तथा गरिवी निवारण विभाग प्रमुख पशुपति चौलागाईको नेतृत्वमा एक कार्यकाल विभागको सदस्य भएका जिसीलाई गत ०७८ साउनमा कमल चौलागाई विभागीय प्रमुख भएपछि दोस्रो पटक मनोनयन गरिएको थियो । एमाले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनबाट बनेको नयाँ केन्द्रीय कमिटिबाट पोलिटव्यूरो सदस्य कमल चौलागाई प्रमुख रहेको सहकारी विभाग गठन पछि जिसीलाई तेस्रो पटक विभागको सदस्य मनोनयन गरिएको छ ।

एमालेको केन्द्रीय सहकारी विभागका सदस्यहरुमा सहकारी अभियानका अगुवाहरु रमेश प्रसाद पोखरेल, के.बी.उप्रेती, डिबी बस्नेत, परितोष पौड्याल, खेम बहादुर पाठक, भीम तुलाचन, रामचन्द्र उप्रेती, हरिहरनाथ योगी, सरिता भट्टराई, शान्ति अधिकारी, विश्वनाथ मण्डल, महेन्द्र गिरी, टेक प्रसाद चौलागाई, रामशरण शर्मा घिमिरे, भुवन विक्रम घिमिरे, मिना ढकाल, देवराज पराजुली, शम्भु गुप्ता, डा.खगराज शर्मा, केशव पोखरेल, जिवछराज खड्का र खेमराज सुवेदी रहनु भएको एमाले महासचिव पोखरेलले जानकारी दिनु भएको छ । विभागको उपप्रमुखमा केन्द्रीय सदस्यहरु अमृता सुब्बा र निर्मल कुमार भट्टराई रहनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *