बढेर आयो बागलुङको बजेट, दश स्थानीय तहलाई चार अर्ब ३४ करोड विनियोजन

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाका १० स्थानीय तहलाई आगमी आर्थिक वर्षका लागि संघीय सरकारबाट वित्तिय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरेर रु. चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा रु. ४७ करो बढी हो ।

जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई संघीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेटको बाँडफाँट गर्दा चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट बढेर आएको हो । चालु आर्थिक वर्षका लागि संघीय सरकारबाट जिल्लाका दश स्थानीयतहलाई ३ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो ।

चालु आर्थिक वर्षको बजेट भन्दा आगमी आर्थिक वर्षको बागलुङका पालिकाको लागि रु. ४७ करोड ६ लाख बजेट बढेर आएको अर्थ मन्त्रालयले जनाएको छ ।

जिल्लाको बागलुङ नगरपालिकालाई आगमी आर्थिक वर्षका लागि रु. ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारको बजेट बागलुङ नगरपालिकामा रु. ७४ करोड ७२ लाख बजेट प्राप्त भएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा बागलुङ नगरपालिकाको बजेट रु. १० करोड ५३ लाख बढी बजेट प्राप्त भएको छ ।

यस्तै गलकोट नगरपालिकालाई आगमी आर्थिक वर्षका लागि रु. ५१ करोड एक लाख बजेट विनियोजन भएको थियो । गलकोट नगरपालिकाका लागि चालु आर्थिक वर्षमा रु. ४७ करोड ४८ लाख बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षको तुलनामा गलकोट नगरपालिकाको बजेट रु. चार करोड ३७ लाख बढेर बजेट आएको छ ।

यस्तै जैमिनी नगरपालिकामा आगामी आर्थिक वर्षका लागि रु. ५२ करोड २४ लाख बजेट प्राप्त भएको छ । उक्त नगरपालिकाको चालु आर्थिक वर्ष संघीय सरकारबाट रु. ४९ करोड ५७ लाख प्राप्त भएको थियो । आचलु आर्थिक वर्षको तुलनामा आगमी आर्थिक वर्ष संघीय सरकारबाट जैमिनी नगरपालिकालाई रु. दुई करोड ६७ लाख बजेट बढेर आएको छ ।

यस्तै जिल्लाको ढोरपाटन नगरपालिकामा आगमी आर्थिक वर्षका लागि रु. ३७ करोड एक लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा सोही पालिकामा रु. ३२ करोड ७० लाख विनियोजन भएको थियो जुन गत वर्षको तुलनामा रु.चार करोड ३१ लाख रकम बढी हो ।

यस्तै जिल्लाको काठेखोला गाउँपालिकालाई आगमी आर्थिक वर्षका लागि रु. ३९ करोड ७६ लाख बजेट विनियोजन भएको छ । उक्त पालिकाको चालु आर्थिक वर्षमा संघीय सरकारले रु. ४१ करोड ५८ बजेट विनियोजन गरेको छ । काठेखोला गाउँपालिकाको भने आगमी आर्थिक वर्षको बजेट घटेर आएको छ । चालु आर्थिक वर्षको तुलनमा आगमी आर्थिक वर्षमा काठेखोला गाउँपालिकाको बजेट रु. एक करोड ८२ लाख बजेट घटेर आएको छ ।

यस्तै बडिगाड गाउँपालिकालाई आगमी वर्षका लागि रु. ४८ करोड चार लाख बजेट विनियोजन भएको छ । बडिगाडको चालु आर्थिक वर्षमा ४४ करोड ६ लाख बजेट आएको थियो । चालु आर्थिक वर्षको तुलनामा बागलुङको बडिगाड गाउँपालिकाको आगमी बजेट रु. तीन करोड ८० लाख बजेट बढेर आएको छ ।

यस्तै जिल्लाको निसीखोलालाई आगमी आर्थिक वर्षमा रु. ३३ करोड १२ लाख बजेट बिनियोजन भएको छ । सोही पालिकालाई चालु आर्थिक वर्षमा रु. २८ करोड ८३ लाख बजेट आएको थियो । चालुको तुलनामा आगमी वर्षको बजेटमा रु. चार करोड २९ लाख बढी बजेट प्राप्त भएको छ । यस्तै बरेङ गाउँपालिकालाई आगमी वर्षका लागि रु. ३० करोड पाँच लाख बजेट प्राप्त हुँने भएको छ । उक्त पालिकाको चालु आर्थिक वर्षमा रु. २५ करोड ९८ लाख बजेट प्राप्त भएको थियो । चालुको तुलनामा आगमी वर्ष बरेङ गाउँपालिकाको बजेट रु. चार करोड सात लाख बजेट बढ्ने भएको छ ।

यस्तै जिल्लाको ताराखोला गाउँपालिकालाई आगामी वर्षका लागि रु. २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई रु .२१ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा ताराखोला गाउँपालिकालाई रु. २४ करोड ९२ र तमानखोला गाउँपालिकालाई रु. १७ करोड ९१ लाख बजेट बिनियोजन भएको थियो । चालु आर्थिक वर्षको तुलनामा ताराखोलाको र तमानखोला गाउँपालिकाको बजेट बढेर आएको छ । ताराखोलामा चालु बजेटको तुलनामा रु. एक करोड ५१ लाख बजेट बढेर आएको छ भने तमानखोला गाउँपालिकाको बजेट रु. तीन करोड ९९ लाख बढेर आउने भएको छ । पालिकाले उक्त बजेटमा प्रदेशले दिएको बजेट थपेर स्थानीय आम्दानीलाई जोडेर बजेट बनाउने छन् ।

बागलुङमा आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारले बागलुङलाई रु. ३ अर्ब ५७ करोड ९८ लाख बजेट विनियोजित गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *