बागलुङ बजार क्षेत्रमा सात दर्जन बढी सिसीक्यामेरा राखिने

डम्मर बुढा मगर, बागलुङ
बागलुङ बजारमा जडान भएका सिसी क्यामेराहरु जडान नभएका भने होइनन् । बजार क्षेत्रको सुरक्षाका लागि भन्दै तत्कालीन अवस्थामा उद्योग वाणिज्य संघका अध्यक्ष भएका बेला हालका बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठको नेतृत्वमा सिसी क्यामरा जडान भएका थिए । तर लामो समय त्यसको व्यवस्थापन नहुँदा बजारका विभिन्न स्थानका सिसी क्यामेराहरु काम नलाग्ने बनेका थिए ।

फेरि पनि बागलुङ बजारभित्र सिसि क्यामेरा व्यवस्थापन गर्नका लागि बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ सहकार्य गरेर लागेको छ । बजार क्षेत्रको शान्ति सुरक्षाका लागि क्यामेरा जडान गर्ने थालिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । उहाँले लामो समयदेखि रोकिएको कामलाई अब तीव्र गतिमा गरिने बताउनुहुन्छ ।

‘सिसी क्यामेरा व्यवास्थापनको काम लामो समयदेखि रोकी राखेको थियो, त्यसले गर्दा बजार क्षेत्रको शान्ति सुरक्षामा अलिकति समस्या भएको होकी भन्ने हामी महशुस ग¥यौँ, अब बजारका विभिन्न चोकहरुमा सिसी क्यामेरा राख्ने छौँ,’ अध्यक्ष राजभण्डारीले भन्नुभयो ‘अब काम तीव्र गतिमा हुन्छ ।’

यस अघि बागलुङ बजारको विभिन्न स्थानमा जडान भएका २९ वटा सिसीक्यामेरा प्रयोगविहीन भएको अध्यक्ष राजभण्डारीको भनाई छ । उहाँले पुराना सिसी क्यामेराहरु विगत तीन वर्षदेखि प्रयोग हुन नसकेको भन्दै परना क्यामरा हटाएर नयाँ क्यामेरा जडान गरिने बताउनुभयो । सिसी क्यामेरा व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले १५ लाख रुपैयाँ बिनियोजन गरेको र बागलुङ उद्योग वाणिज्य संघको ८ लाख रुपैयाँ विनियोजन गरेको बताउनुभयो । यस बटेज अपुग भएमा बजारवासी व्यवसायीसँगबाट सहयोग संकलन गरेर सिसी क्यामेरा व्यवस्थापन गरेरै छोड्ने बताउनुहुन्छ ।

‘सिसी क्यामेरा जडानका लागि हामी योजना बगाडी बढाइ सकेका छौँ, बागलुङ नगरपालिकाले पनि बजेट विनियोजन गरि सकेको छ, हामीले पनि केही रकम व्यवस्थापन गरेका छौँ,’ उहाँले भन्नुभयो अपुग भएको रकम केही व्यवसायी साथीहरुसँगबाट सहयोग संकलन गर्ने छौँ, सिसी क्यामेरा जडानपछि सबैलाई सहज हुने छ ।’

बजारमा सिसीक्यामेरा व्यवस्थापनका लागि करिब ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उहाँले २ सय वटा क्यामेरासम्म धान्न सक्ने सिस्टम राख्ने भन्दै नाइट भिजन क्यामेरा समेत राखिने उहाँको भनाई छ । अध्यक्ष राजभण्डारीले सिसीक्यामेरा जडानपछि बजार क्षेत्रमा अपराध र चोरीका घटनाहरु नियन्त्रणका हुनेमा विश्वास लिएको बताउनुहुन्छ ।

बजार क्षेत्रमा अपराध तथा चोरीका घटना न्यूनिकरणका लागि विभिन्न चोकहरुमा ८५ वटा क्यामेरा जडान गर्ने बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठले बताउनुभयो । क्यामेरा जडानका लागि काम सुरु गर्न उद्योग वाणिज्य, स्थानीय व्यवसायीसँग सहकार्य गर्ने मेयर श्रेष्ठले बताउनुभयो । उहाँले सिसीक्यामेराको व्यवस्थापनपछि बजार क्षेत्रमा शान्ति सुरक्षामा चूनौति नहुने अपेक्षा लिएको उहाँले बताउनुभयो ।

‘बजार क्षेत्रमा विभिन्न समयहरुमा चोरीका घटनाहरु भएका छन्, अपराधिक क्रियाकलापहरु पसन भएका छन्, त्यसलाई न्यूनिकरण गर्ने हाम्रो लक्ष्य हो, यहाँका नागरिकलाई सुरक्षित भएको महशुस दिलाउनका लागि जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गरि रहेका छौँ,’ मेयर श्रेष्ठले भन्नुभयो ‘सिसीक्यामेराको जडानपछि बजार क्षेत्रमा चोरी र अपराधीक क्रियाकला कम हुने छन् ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *