तारा एयरको पोखरा–जोमसोम उडान एक हप्ता स्थगित

आदर्श अनलाइन, पाेखरा
तारा एयरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित गरेको छ। तारा एअरले सूचना जारी गरी जेठ २० गतेदेखि २७ गतेसम्मका सबै नियमित उडान स्थगित गरेको जानकारी दिएको हो।

जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माका अनुसार ताराको जहाज दुर्घटना भएदेखि मुस्ताङको मौसम निरन्तर खराब छ। ‘इनरुट’ बुझेका केही हेलिकोप्टर होचो उडानबाट मुस्ताङ पुगेको भए पनि अन्य कुनै पनि कम्पनीका जहाज आउजाउ गर्न सकेका छैनन्।

गत आइतबार पोखरा–जोमसोमको उडानका क्रममा तारा एअरको जहाज मुस्ताङमा दुर्घटना हुँदा चालकदलका तीनसहित २२ जनाको मृत्यु भएको थियो। प्रारम्भिक रूपमा मौसमको खराबीका कारण जहाज दुर्घटनामा परेको बताइएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *