ग्रास रुट फुटसलको कार्यक्रममा बालबालिकाको आकर्षण बढ्दो

रोहन जि.सी, बागलुङ
धौलागिरीमानै पहिलो पटक संचालन भएको रश आवर फुटसल प्रा. लिले सुरु गरेको ग्रास रुट फुटबलमा बालबालिकाको रुची बढ्न थालेको छ । रश आवर फुटसल प्रा. लि बागलुङले फुटसल खेलमैदानमा गरिरहेको अभ्यास चरणको पहिलो दिनमैै विद्यालयका बालबालिकाले उत्साहजनक सहभागिता जनाएका छन् ।

हरेक हप्ताको शनिबार र आइतबार विहान ७ बजेदेखी ८.३० बजेसम्म फुटसल खेलमैदानमा संचालन गरिएको ग्रासरुट कार्यक्रमको अभ्यासमा बालबालिकाहरुको उल्लेखनीय उपस्थित भएपछि रश आवर फुटसल प्रा. लिका संचालकहरु उत्साहित भएका छन् । खेलमैदानमा बालबालिका मात्र नभई उनका अभिभावक समेत उपस्थित हुने गरेका छन् ।

जिल्लामा भएका खेलाडीहरुलाई सानो उमेरदेखि नै फुटबल खेलको विकास गर्ने उदेश्य लिएर सो ग्रास रुट एकेडेमी सन्चालन ल्याएको जानकारी रश आवर फुटसल प्रा. लि.का संचालक शिव खड्काले जानकारी दिनुभयो ।

हाल जिल्ला का स्थानिय प्रशिक्षक ले प्रशिक्षण दिने भए पनि भबिस्यमा राष्ट्रिय फुटबल प्रशिक्षक को ब्यबस्थापन सहित खेलाडीहरु लाई प्रशिक्षण दिने तयारी भएको फुटसलका व्यवस्थापक रञ्जन खत्रीले बताउनुभयो ।

बालबालिकाहरु मा मोबाइल को लत अत्याधिक भएको हुनाले पढाई को साथ साथ खेलकुद मा पनि सक्रिय बनाउनको लागि हाल लाई हप्ता को दुई दिन प्रशिक्षण दिइएको मा पछी खेलाडी हरु को वर्गीकरण पछि महिना भरी नै फुटबल प्रशिक्षण दिने तयारी भएको रश आवर फुटसल प्रा. लि. का संचालक सन्तोष शर्माले जानकारी गराउनु भयो ।

प्रशिक्षक दिपक थापाले ग्रासरुट कार्यक्रमले फुटबलको विकास सँगै बालबालिकालाई अनुशासित र कुलतबाट टाढा राख्न सहयोग पुग्ने बताउनुभयो । थापाले ग्रासरुट कार्यक्रमले अहिलेको अवस्थामा बालबालिकाहरुलाई पढाईसँगै खेलकुदमा व्यस्त बनाउने छ जसले गर्दा उनीहरुलाई स्वस्थ राख्नुका साथै कुलतबाट मुक्त रहन ठूलो भुमिका खेल्ने बताउनुभयो ।

स्कुले बालबालिकालाई फुटबलमा सहभागिता गराउने र भविश्यमा राष्ट्रको लागि राम्रो खेलाडी उत्पादन गर्ने उद्देश्य लिएको छ । बागलुङमा अहिले विभिन्न विद्यालयका ८ वर्षदेखि १३ वर्ष उमेर समुहका बालबालिकाहरुको उपस्थिती रहेकोे रश आवर फुटसल प्रा. लिका संचालक राजेश श्रेष्ठले बताउनुभयो । ग्रासरुट कार्यक्रममा प्रशिक्षक दिपक थापाले प्रशिक्षण दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *