काठेखोला र जैमिनीका शिक्षकहरुका लागि बाल तथा लैंगिक मैत्री शिक्षण सिकाइ सम्बन्धि तालिम

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाँउपालिका र जैमिनी नगरपालिकाका शिक्षकहरुलाई बाल तथा लैंगिक मैत्री शिक्षण सिकाइ सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ ।

हेम्पेल फाण्डेसन र भिएसओ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय संस्था विवाईसी बागलुङको व्यवस्थापनमा संचालित सिकाइ परियोजना अन्तर्गत शिक्षकहरुका लागि आयोजना गरिएको दुई दिने बाल तथा लैंगिक मैत्री शिक्षण सिकाइ सम्बन्धि तालिम शनिबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले प्रशिक्षण कार्यक्रमबाट प्राप्त गरेका सिप, ज्ञानलाई आगामी दिनमा सदुपयोग गर्न आव्हान गर्नु भएको थियो । ढकालले नयाँ नयाँ सिकाइको प्रयोग गर्नु आवश्यक रहेको र त्यस बारेमा सबै विद्यालयमा शिक्षक र विद्यार्थीले सिक्नु पर्ने, शिक्षण सिकाइमा बाल मैत्री लैंगिक मैत्रीको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक वच्चुराम बस्नेत, भिएसओ नेपालका परियोजना संयोजक शक बहादुर बुढाथोकी, बिवाईसी बागलुङका परियोजना संयोजक पोष्ट के.सी, राष्ट्रिय स्वयंमसेवक रजिना वम्जन, सुस्मिता नेपाल, सुरक्षा संलग्नता संयोजक ओमकुमारी गौतम, सहभागिहरुको तर्फबाट शिक्षक पवित्रा उचै, शिक्षक टिकाराम सापकोटा, शिक्षक विष्णुप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिममा काठेखोला गाँउपालिका र जैमिनी नगरपालिका अन्तर्गत विभिन्न ६० विद्यालयका १२० जना शिक्षकहरुको सहभागीता रहेको बिवाईसी बागलुङका परियोजना संयोजक पोष्ट के.सीले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा वच्चुराम बस्नेतले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता र अनुगमन तथा मुल्याङ्कन अधिकृत बिमल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *