स्वास्थ्य सहकारी संघको चौथो वार्षिक साधारण सभा सम्पन्न

बागलुङ

स्वास्थय सहकारी संघ लि. बागलुङको चौथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

जिल्ला स्थित स्वास्थ्य सहकारी संस्थाहरुको छाता संघको रुपमा रहेको संघको चौथो वार्षिक साधारण सभालाई नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले उद्घाटन गर्नुभएको थियो ।

साधारण सभामा बोल्दै पौडेलले जनताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यसेवालाई व्यवसायीक भन्दा पनि सेवाको रुपमा लिएर प्रभावकारी र गुणस्तरीय वनाउने तर्फ स्वास्थ्य सहकारी संघले भूमिका खेल्नुपर्ने बताउनु भएको थियो । उहाँले संघले स्थानीय निकायहरुसंग समन्वय गरी रोग लागेपछि अस्पताल जाने भन्दा पनि रोग लाग्नै नदिने खालको स्वास्थ्य शिक्षाका कार्यक्रमहरु तर्फ संघ क्रियाशिल हुनुपर्नेमा समेत जोड दिनु भएको थियो ।

साधारण सभामा संघको प्रगती प्रतिवेदन सचिव विकास पौडेल र आर्थिक प्रतिवेदन सदस्य रमाकान्त सापकोटाले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मतीले पारित भएको छ ।

कार्यक्रम संघका अध्यक्ष सीता शर्माको अध्यक्षता सह–सचिव गोविन्द्र पौडेलको स्वागत र सचिव विकास पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *