हिलका केसी छ दिनदेखि सम्पर्क बिहिन

आदर्श अनलाइन

जिल्लाको ताराखोला गाउॅपालिका वडा नं ३ हिल घुस्मेलीका कृष्ण केसी गत शनिबारदेखि सम्पर्क बिहिन भएका छन् ।
मानसिक समस्या भोगिरहेका ४२ बर्षिय केसी शनिबार दिउॅसो १२ बजेको समयमा घरबाट केहि नभनी निस्किएक थिए । त्यस यता छ दिन बितिसक्दा समेत परिवारको सम्पर्कमा नरहेको वडा अध्यक्ष दिलबहादुर बस्नेतले जानकारी दिनुभयो ।
केसीलाई सोहि दिन दिउॅसो ३ बजेतिर काक्राखोरमा स्थानियले देखेको तर त्यस पश्चात उनी कता लागे भन्ने जानकारी नभएको स्थानियले बताएका छन् । उनी परिवार र आफन्त सॅगको सम्पर्कमा नभएपछि ताराखोला गाउॅपालिका वडा नं ३ का जनप्रतिनिधी, प्रहरी, स्थानियबासी, घरपरिवार र आफन्तजनले खोजी कार्य जारी राखे पनि फेला पार्न सकेका छैनन् । सम्र्पक बिहिन रहेका केसीको घरमा श्रीमती ३ छोरा र १ छोरी छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *