सुनौलो बागलुङको राहत वितरण

आदर्श अनलाइन, बागलुङ

सुनौलो बागलुङ संस्थाले बागलुङको दमेकमा राहत वितरण गरेको छ । संस्थाले जैमिनी नगरपालिका–३ कालापातलका नवराज बहिकलाई उपचारका लागि रु २० हजार सहयोग गरेको हो ।

बहिकको विगत एक वर्षदेखि मुटु र फोक्सोको बीचमा मासु पलाएको र उपचारका लागि आर्थिक अभाव भएको थाहा पाएपछि थोरै भए पनिराहत होस भन्ने अभिप्रायले राहत वितरण गरिएको संस्था ले जनाएको छ ।

वैदेशिक विभागका कोषाध्यक्ष एंव संस्थाका केन्द्रीय सल्लाहकार चित्र श्रीसको अभियान अन्तरगत राहत हस्तान्तरण गरिएको दमेक समितिका सदस्य रेशम के.वि ले जानकारी दिनुभयो । रकम जैमिनी नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कृष्ण भुजेलको विशेष उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा करिश्मा सुनारको अध्यक्षता र सुनौलो बागलुङ केन्द्रिय समिति का उपाध्यक्ष दिलिप प्रतेल को संचालन मा सप्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *