परिबन्ध

राम सुवेदी

मान्छे स्वतन्त्रता चाहन्छ । समाजले पनि स्वतन्त्रताका खातिर अनेकन आन्दोलन, संघर्ष र बलिदानी वा कुर्वानी गरेको भेटिन्छ । कारण विभिन्न परिबन्धहरु उसका खातिर मान्य छैन, हुँदैन । समय, सन्दर्भ र परिवेश अनुसार मान्छेका चाहना, आकाँक्षा र आवश्यकताहरु फेरिन्छन् । मन बदलिन्छ । समयको गति परिवर्तन भएरहन्छ । त्यो सँगै दुनियाँले कोल्टो फेर्छ । हिजोभन्दा आज र आज भन्दा भोली सबैले आफूलाई परिवर्तित गरिरहेको हुन्छ । यसलाई विद्धान्हरुले गतिशितलाकामे शिद्धान्त भनेका छन् ।

गतिशिलताको नियम अनुसार नै हिजो एकको ठाउँमा आज अर्को स्थापित हुन्छ । मान्छेमा हिजोको भन्दा आज फरकपनको मापन हुन्छ । उसको अध्ययन, चिन्तनले गतकालभन्दा वर्तमान रुपान्तरित भइरहन्छ । विद्यमानलाई परिवर्तन गर्न नसक्नुलाई यथास्थिति पनि भनिन्छ । अझ जड सावित हुन्छन् । जडको अख्तियारी गर्नु विभिन्न कारण छन् । त्यसमध्येको एक कारण परिबन्ध हो ।

आज मान्छे भनौं वा समाज समय अनुसार कोल्टे नफेर्नुमा उसका अनेकन परिबन्धहरुको जेलमा छ । मान्छे यत्तिकै जेलमा जाँदैन । उसको अन्तरनिहित जड्ता र परिबन्धको पौरखले त्यो कर्तुत गर्न पुग्छ । किन कि त्यो परिबन्ध उसलाई थाहा हुँदेन । परिबन्ध थाहा नपाउँदा मान्छे एकाँकी छ । एकहोरो पनमा जगडिएको छ । म भन्दा को भन्दो रहेछ । मेरा कारण भन्ने सोंच्दो रहेछ । मैलेर्दा भन्दो रहेछ । म जस्तो को, परिभाषित मगज लिंदोरहेछ । यसखालको व्यक्तिवादी चिन्तनको विकासले समाज परिबन्धमा छ । सामाजिक उत्तरदायित्वबोधमा सामुहिकताको जस लिएको पाईदैन । समुहने नेतृत्व प्रदान गर्छ । माने मैले गर्दा भएको भन्ने राखिन्छ । मेरो नीजिभन्दा हामीहरुको भन्ने चिन्तन भुत्ते हुनुमा व्यक्तिवाद हावी भयो । यो असामाजिक संस्कार वर्तमानमा हालीमुहाली गर्ने नेतृत्वहरुको कर्म र व्यवहारले मौलाएको नकरात्मक परिबन्ध हो ।

राजनीतिमा परिबन्ध छ । एक नेताले ल्याएको विचारमा सामुहिक विमर्श हुँदैन । नयाँ विचार वा चिन्तनहरु आए भने यसरी वा त्यसरी त्यसलाई पाखा नलाएसम्म आफ्नो हावी हुँदैन भन्ने नेगेटिभ दाबीले अरुका तमाम राम्रा र सकरात्मक विचारहरु परिबन्धमा पारिन्छन् । राजनीति नेताको विवेक, नेतृत्वको चिन्ता र दाबीले परिबन्धको सिकार भएको हो । सामुहिकताका नाममा अनेकन संकृणताहरु जन्मन्छन् । मेरो र मैले भनेजस्तो हुँदैन भनेर अप्राकृतिक साँठगाँठ गरिदिने र पार्टिसत्ता कब्जागरेर आफै ल्याएको नीति प।िबन्धमा पार्ने चरित्रहरु देखिएका छन् । यसले विचारलाई विभक्त पार्ने र नाजायज भ्रमका नाममा गतिशित चिन्तनलाई परिबन्धमा पार्ने खेलो भएको देखिन्छ । यसले समाजलाई गति दिन नसक्दाको परिणति आज आम वौद्धिक मान्छेहरु र नयाँ पुस्तालाई राजनीति असंगतिहरुको साँठगाँठ र भिड हो भन्ने लागेको छ । त्यो परिबन्धको विद्रोह फरक ढंगले हुनथालेको संकेत समेत देखिन्छ ।

राजनैतिक दलमा हेरौं । त्यसको कार्यकर्ता नीति र विधिको होईन नेताको परिबन्धमा परेको छ । पार्टि नीति शिद्धान्तको कुरा हुँदैन । व्यक्तिपूजा र त्यो नभए संसर ढल्छ भन्ने रुढीगत मनोदशाको परिबन्धमा उसको मानसिकता विकास भइरहेको छ । समर्थकहरुमा यो चिन्तन हुनेनै भयो । यहाँ त सामान्य जनता जो स्वतन्त्र हुनुपर्दथ्यो । त्यो भएन । विभिन्न स्वार्थ र प्रलोभनले जनता परिबन्धमा छ । गाउँटोलको एक जना अलि बाठो भएर त्यसको फाइदा लिंदैगर्दा यसले सिंगो टोलसमाजलाई परिबन्धमा पार्ने गरेको रहेछ । जहाँ स्वतन्त्रताको कुनै रित छैन । नागरिकको नीजि विचार र जिन्दगीको मोलमोलाई छ । चाहेर वा नचाहेर उसलाई अनेकन जालझेलको परिबन्धमा पारिएको हुन्छ । चुनावमा उसको अभिमत खरिद हुने समाजमा अर कस्ता कस्ता परिबन्धका खेति हुन्छनहोला हामीले यत्तिकैपनि भन्न सक्छौं । मान्छे स्वतन्त्रता बेच्छ वा बन्धनमा कैद गर्छ ।

यहाँ समानताका कुरा गर्नु र व्यवहारको त्यसको हनन् गर्नुलाई राजनीति भनिन्छ । त्यसको वकालत र पहरेदारी गर्नेहरु नेतृत्वतहमा पुग्छन् । ढाँट्न जान्नेहरु, नाजायज दावी गर्न सक्नेहरु, नैतिकतालाई बेच्नसक्ने कला भएकाहरु नेता भइदिन्छन् । समाजका तिनै पात्रहरु समाजिकरुपमा नपत्याइएकाहरु धुरीका नेता हुन्छन् । जनताले पत्याउने पौरख समाजमा रोपियो कि रोपिएन भन्ने तत्कालको निर्वाचनमा उनी । उनका आसपासका मान्छेहरुले पाएको जनमतले नाप्ने हो । त्यो मापक मिथ्या भन्न सक्ने खुबीले सत्यलाई समेत परिबन्धमा राखेको छ ।

सबैचिजलाई क्षणिक परिबन्धमा पार्न सकिए तर दीर्घकालिन रुपमा अडाउन सकिने छैन । सत्य तर दभिएका, दभाइएका र जनमनमा स्थापित चिन्तन र विचारहरु यसैपनि विभिन्न चरणमा उम्रिरहनेछन् । थमथमाइएका मगजहरु रित्तिन्न् । जागरुक र परिस्कृत भएर अंकुरित हुन्छन् । विभिन्न परिबन्धमा च्यापिएकाहरु उठ्छन, मुस्कुराउँछन् र समाजलाई सही जागरण दिन्छन् । नीति, विधि र विचारलाई सही प्रयोग गरिएन भने कृत्तिम परिबन्ध न हो त्यो समयले फेर्छ । नयाँ हुन्छ र समाजलाई नेतृत्व गर्छ । समाज व्यक्तिको परिबन्धमा होईन, व्यक्ति समाजको परिबन्धमा रहनु उचित हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *