गण्डकी प्रदेशमा पुस १५ मा सार्वजनिक बिदा

आदर्श अनलाइन, पोखरा

गुरुङ समुदायको सबै भन्दा ठूलो पर्व तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले पुुस १५ मा सार्वजनिक बिदा दिने भएको छ ।

बुधबार बसेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो । यद्यपी उक्त निर्णय आज शुक्रवार सार्वजनिक गर्दै भौतिक विकास पूर्वाधार मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले गुरुङ समुदायको विशेष चाड ल्होसारका अवसरमा पुस १५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए।

सरकारले गुरुङ समुदायको पर्व ल्होसारमा दिंदै आएको राष्ट्रिय बिदा कटौती गरेको भन्दै तमु ह्युल छोंज धिंको अगुवाइमा गुरुङ समुदायद्ले पोखरामा गत आइतबार प्रदर्शन समेत गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *