रामचन्द्र पौडेलकी छोरी आफ्नै घरको चौथो तल्लाबाट खसेर गम्भीर घाइते

आदर्श अनलाइन, काठमाडौं
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल गम्भीर घाइते भएकी छिन् । आफ्नै घरको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । उनी नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सदस्यसमेत हुन् ।

पोखरेलको दायाँ गोडा, दायाँ हात र कम्मरको हड्डी भाँच्चिएको छ भने मुहारमा पनि चोटपटक लागेको छ । नेता पौडेलले आज बिहानै अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

चिकित्सकका अनुसार पोखरेललाई ‘मल्टिपल इन्जुरी’ देखिएकोले अझै केही समय आइसीयुमै राखेर उपचार गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *