बागलुङमा शुरु भयो निःशुल्क शौचालय


आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारमा निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ ।
काठमाण्डौमा व्यावसायिक कम्पनीहरुले निःशुल्क शौचालय प्रयोग गर्न दिने गरी बोर्ड स्थापना गरीरहेको सन्र्दभमा बागलुङ नगरपालिका–२ पुरानो बसपार्क नजिकै रहेको यादब बोर्दशले आफ्नो शोरुम परिसरको शौचालयलाई निःशुल्क प्रयोग गर्न मिल्ने बनाएको छ ।

होण्डाको सबै स्वरुममा भएको शौचालयलाई निःशुल्क शौचालका रुपमा प्रयोग गर्ने अभियान अन्र्तगत बागलुङमा रहेको होण्डाको शोरुममा निःशुल्क शौचालयको व्यवस्थापन गरेको यादव ब्रर्दशका यादव प्रसाद शर्माले जानकारी दिनुभयो ।

आज यादब ब्रर्दशको फेसबुक पेजमा ‘परिवर्तन सुरु हुन्छ हामीबाट, त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अब देखि हामो शोरूममा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं’ भन्दै निःशुल्क शौचालयको बोर्ड राखेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *