बागलुङ नगरपालिकालाई बालमैत्री बनाउने अभियान शुरु

रोहन जि.सी, बागलुङ

बागलुङ नगरपालिकालाई बालमैत्री बनाउने अभियान शुरु गरिएको छ । नगरपालिकाको निर्वाचनपछि नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने पहिलो निर्णय गरेसंगै अभियान शुरु भएको हो ।

नगर प्रमुख श्रेष्ठले नगरपालिका भरका विभिन्न विद्मालयका प्रधानाध्यापकहरुलाई सो अभियानमा सरिक भै काम गर्न निर्देशन समेत दिनु भएको छ । उहाँले आ–आफ्नो बिद्यालय भित्रका शैक्षिक क्रियाकलापका सूचक पुरा गर्न आग्रह गर्नुभएको छ ।

नगरपालिकाका भित्रका १ सय ३ वटै विद्यालयल बालमैत्री बन्नुपर्ने उहाँको भनाई थियो । नगरपालिकाले विद्यालय क्षेत्र सुधारका लागि प्रधानाध्यापकहरुसँग कार्यसम्पादन करार सम्झौता पनि गरेको छ ।
सम्झौताका २४ बुँदामा शिक्षकको पेशागत प्रगतिसहित विद्यार्थीको शैक्षिक गुणस्तर बढाउने कार्यक्रम समावेश गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताउनुभयो ।

विद्यालयको अचल सम्पत्ति देख्ने गरी विद्यालयमा संरक्षण गर्ने, अनिवार्य सूचना अधिकारी तोक्ने, प्रधानाध्यापकको स्वकृति विना शिक्षकहरु बाहिर नजाने निर्णय समेत भएको हो ।

करार सम्झौतामा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल र हरेक विद्यालयका प्रधानाध्यापहरुले हस्ताक्षर गर्नुभएको छ । त्यो बाहेक बालमैत्री नगर र बालमैत्री विद्यालय बनाउन आवश्यक पर्ने सूचकहरु पुरा गर्न सामुहिक प्रयास गरिने बागलुङ नगरपालिकाले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *