गलकोटमा बाढी पहिरो : तीन घरसहित एक विद्यालय उच्च जोखिममा

आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोटमा बाढी पहिरोका कारण तीन घरमा क्षति पुगेको छ । वडा नम्बर ३ को हटिया बजारमा बजारभन्दा माथिबाट झरेको लेदोसहितको बाढीले एक घर पुरिएको छ भने वडा नम्बर ६ मा पहिरोका कारण २ घर उच्च जोखिममा परेको वडा अध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिए । सोही वडामा रहेको नवज्योथि दुर्गा आधारभूत विद्यालय समेत उच्च जोखिममा परेको कँडेलको भनाई छ ।

पहिरोले स्थानीय नारायण नेपाली र टिका बहादुर घर्तीको पहिरोको कारण उच्च जोखिममा परेको छ । मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण राति एक्कासी बाढी बजारमा बस्दा आवतजावत थप्प भएको थियो । नगरपालिकाले बन्द रहेको सडक खुलाउने प्रयास गरि रहेको वडा नम्बर २ का अध्यक्ष फमबहादुर खत्रीले जानकारी दिए । बाढीले स्वास्थ्यचौकी र बजार क्षेत्रमा आवतजावत गर्ने सडक पुरिएको उनको भनाई छ ।

पहिरोले कोईरावारी खानेपानी, चरौदीखोला खानेपानी र देउराली खोला खानेपानीको मुहान तथा पाईपमा क्षती पु¥याउँदा खानेपानी पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरोले गलकोट नगरपालिका वडा नम्बर ६ मा रहेको हटिया मजुवा हुदै ताराखोला जोड्ने कृषि सडक, नगरपालिकाको कार्यालयदेखि ढले पिपलसम्मको सडक समेत बाढीले बगर बनाएको छ ।

बाढि पहिरोले ग्रामीण सडक समेत अवरुद्ध भएका छन् । पानी रोकिएपछि सबै अवरुद्ध सडकहरु सुचारु गरिने गलकोट नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *