खर्बाङमा सहकारी शिक्षा र सम्पति शुद्धिकरण सम्बन्धि तालिम शुरु

आदर्श अनलाइन, बडिगाड

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसिले सहकारी विधि र नितिमा चल्नुपर्ने बताउनु भएको छ।

बडिगाड गाउँपालिका वडा नं १ र २ का स्थानीय क्रियाशिल सहकारीहरुको आयोजनामा खर्बाङमा सुरु भएको सहकारी शिक्षा र सम्पत्ति शुद्धिकरण सम्बन्धि अभिमुखिकरण तालिममा जिसिले यस्तो बताउनु भएको हो।

राज्यले बनाएको नियम जान्दिन भन्न नपाईने भन्दै जिसिले कानुनलाई आत्मसाथ गर्दै सहकारी अभियान अगाडि बढाउनुपर्ने बताउनुभयो। सहकारी सदस्यलाई भएकाले सदस्यको हित प्रबर्द्धन गर्दै सामाजिक विकासमा लाग्नुपर्ने भन्दै जिसिले लगानीलाई उत्पादनमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।

दुई दिन सम्म चल्ने तालिममा नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था, गिरौंदिखोला लघु जलविद्युत सहकारी संस्था, दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था, लालि गुराँस बचत तथा ऋण सहकारी संस्था र मिलन व्यवसायीक कृषि सहकारी संस्था का संचालक, लेखा समिति तथा विभिन्न उपसमिति का पदाधिकारी गरि ४० जनाको सहभागीता छ। तालिमले सहकारी सुदृढीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *