बागलुङका उद्योगीलाई चुनावी रौनक : नेतृत्वका लागि छ जना आकांक्षी

आदर्श अनलाइन, बागलुङ

बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएसंगै व्यवसायीहरुमा नेतृत्वका लागि दौडधुप बढेको पाइएको छ । स्थानीय तहको निर्वाचनले गर्माएको बागलुङ बजार पुन व्यवसायीको निर्वाचनले चुनावी माहोल सृजना गरेको छ ।

निर्वाचन नजिकिएसंगै व्यवसायहरुले राजनैतिक भेटघाट, व्यवसायीहरुसंग परामर्श लगायतका कार्य गरिरहेका छन् भने बागलुङ उद्योग वाणिज्य संघले निर्वाचनको आन्तरिक तयारीलाई तिब्रता दिएको छ । सम्पूर्ण व्यापारी व्यवसायीहरूको साझा संस्थाको रूपमा रहेको बागलुङ उद्योग बाणिज्य संघको १८ औं अधिवेशन असार ४ गते हुँदै छ ।

सदस्यहरुको पुषमा नविकरण सकिएको र मतदाता नामावली जेठ १७ गते मतदान अधिकृतलाई दिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो । उद्योग वाणिज्य संघका कानूनी सल्लाहकार भुमिश्वर गौतमलाई नै मतदान अधिकृत बनाइएको राजभण्डारीको भनाई छ ।

अहिलेको नेतृत्व सर्वसम्मत बनाएर लैजाने गरी विभिन्न चरणमा छलफल भइरहेको उहाँको भनाई छ । उहाँले चुनावबाट आएको नेतृत्वलाई असन्तुष्ट पक्ष मिलाउनै समस्या हुँने भएकाले व्यवसायीको हितमा काम गर्न सर्वसम्मत नेतृत्व चयनको पक्षमा व्यवसायी रहेको उहाँको भनाई छ । तीन वर्षमा परिवर्तन हुँने बागलुङ उद्योग वाणिज्यसंघको नेतृत्व तीन वर्ष छ महिनापछि मात्रै चयन हुँदै छ ।

विधानविपरित समयसिमाभित्रै नयाँ नेतृत्व चयन नभएको भन्दै उद्योगवाणिज्य संघको नेतृत्वप्रति केही व्यवसायीहरु असन्तुष्ट समेत भएका थिए । तर अधिवेशन गर्ने समयमा साधारणसभा गरेर त्यही अनुसार आफूले अहिले निर्वाचन गराउन थालिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।

उहाँले कोरोनाका कारण ५ महिना पछि निर्वाचन धकेलिएको बताउनुभयो । उहाँले यसपटकको नेतृत्व सकभर सहमतीमा हुँने र निर्वाचन नगर्ने गरी बातावरण तयार गरिरहेको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । उहाँले आफूले नेतृत्व नदो¥याउने समेत बताउनुभयो । सबैलाई नेतृत्वका लागि अवसर दिनका लागि आफू नदो¥याउने बताउनुभयो ।

उद्योग वाणिज्य संघको नेतृत्वका लागि छ जना व्यवसायीहरुले नेतृत्वका लागि आफ्नो दाबेदारी रहेको बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षका लागि संघका वरिस्-ठ उपाध्यक्ष उमाकान्त शर्मा (बाबु), उद्योग वाणिज्य संघका सल्लाहकार तथा अघिल्लो निर्वाचनका प्रतिस्प्रधी दयाराम पौडेल, वर्तमान महासचिव नरेश कंडेल, प्रथम अध्यक्ष राजन कुमार शाक्य, कार्यसमिति सदस्य शशि कपुर श्रेष्ठ र पूर्व कार्यसमिति सदस्य सन्जय श्रेष्ठले नेतृत्वका लागि आफ्नो दाबेदारी रहेको बताउनुभएको छ ।

व्यावसायिक हकहितका लागि आफ्नो नेतृत्व गर्ने पालो आएको उमाकान्त शर्मा बाबुले बताउनुभयो । उहाँले आफ्नो पक्षमानै व्यावसायीहरुले नेतृत्व चाहेको बताउनुभयो । यस्तै उद्योग वाणिज्य संघमा रहेको विसंगतीका विरुद्धमा आफ्नो उम्मेदवारी पुनःरहने दयाराम पौडेलले बताउनुभयो ।

उहाँ यस अघि समेत अध्यक्षको प्रतिस्प्रधि हुनुहुन्थ्यो । “उद्योग वाणिज्य संघमा सधै एक पक्षीयको मात्रै नेतृत्व रह्यो, जस्ले व्यवसायिक हकहितका लागि भन्दा पनी नेतृत्वमा रहनेमात्रै काम भइरहेको छ, जस्लाई चिर्न फरक धारको नेतृत्व आवश्यक छ” पौडेलले भन्नुभयो “अहिले विधान मिच्ने समेत काम भइरहेको छ, त्यसको विरुद्धमा व्यवसायीहरुले मलाई एक पटक सहयोग गर्नुहुनेछ, उद्योग वाणिज्य संघको नेतृत्व साच्चिकै व्यवसायिक हकहितका लागि आवश्यक रहेकाले यसपटक समेत मेरो उम्मेदारी रहन्छ ।”

पत्रकार महासंघ बागलुङका अध्यक्ष समेत रहनुभएका महासचिव नरेश कंडेलले आफूले यस पटक नेतृत्वका लागि आकाँक्षा व्यक्त गर्नु भएको छ । उहाँले पत्रकार महासंघमा कार्यबाहक दिएरै भए पनि निर्वाचनमा जाने बताउनुभयो । यस्तै प्रथम अध्यक्ष राजन कुमार शाक्य, कार्य समिति सदस्य शशि कपुर श्रेष्ठ र पूर्व कार्यसमिति सदस्य सन्जय श्रेष्ठले यस पटक आफ्नो नेतृत्वका लागि दाबेदारी रहेन बताउनुभएको छ ।

एमाले सर्मथक उद्योगी व्यवसायीहरुको तर्फबाट दयाराम पौडेल र सन्जय श्रेष्ठ र नेपाली कांग्रेस सर्मथक उद्योगी व्यवसायीबाट उमाकान्त शर्मा, राजन कुमार शाक्य, शशि कपुर श्रेष्ठ र नरेश कंडेललले दावी गरेपनि माओवादी केन्द, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा समर्थक व्यवसायीबाट हाल सम्म नेतृत्वका लागि दावी प्रस्तुत भएको छैन ।

२०२० सालमा स्थापना भएको संघमा जम्मा १ हजार ४ सय ९० जना व्यावसायी सदस्य मतदाता रहेका छन् । आकांक्षीहरुले आफूहरु लामो समयदेखि उद्योग वाणिज्य संघमा रहेर काम गरिरहेको र यस पटक आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन् ।

तर सर्वसम्मतका लागि यस बाहेक कुनै नयाँ पात्रलाई ल्याइन सक्ने समेत आशंका बढेको देखिन्छ । नेतृत्वका लागि पूर्व केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठको समेत चर्चा छ । तर उहाँले आफूनो नेतृत्वका लागि यस पटक दाबेदारी नरहेको प्रष्ट पार्नुभयो ।

पुरानै ढंगले प्रतिस्प्रधामा जाने, सर्वसम्मतीमा जाने वा बाम लोकतान्त्रिक र प्रजातान्त्रिक प्यानल बनाउने विषयमा अहिले टुङ्गो लागेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *