बालबालिकालाई दुर्व्यसन र बालविवाह सम्बन्धी सचेतना

आदर्श अनलाइन, बागलुङ
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बागलुङका विद्यार्थीलाई लागु पदार्थ दुव्र्यसन तथा बाल विवाह नियन्त्रण सम्बन्धी एक दिने सचेतनामुलक अन्तरक्रिर्या कार्यक्रम गरिएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला तथा वालबालिका विभागले बागलुङ नगरपालिकाका विद्यार्थीलाई लागु पदार्थ दुव्यर्सनबाट बच्ने उपाय, बालविवाह हुँनबाट कसरी जोगिने, साइबर अपराधबाट कसरी बच्ने तथा बाल संरक्षण लगायतका विषयमा सचेत गराइएको महिला तथा बालबालिका विभागले जनाएको छ ।

बागलुङ नगरपालिका अन्र्तगतका १३ विद्यालयका २६ विद्यार्थी तथा १३ शिक्षकलाई लागु पदार्थ दुव्र्यसन र बालविवाह सम्बन्धी सचेतनामुलक अन्तरक्रिर्या गराइएको महिला तथा बालबालिका विभागका महानिर्देशक कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बालबालिकाले जानेर भन्दा नजानेर बढी अपराधजन्य क्रिर्याकलाप गर्ने भएकाले विद्यालयमा शिक्षक र घरमा अभिभावक चनाखो हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले लागु औषध दुव्र्यसनी तथा साइबर अपराधका विषयमा, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बाल संरक्षण र सम्र्बद्धनको क्षेत्रमा स्थानीय सरकारका तर्फबाट भएको प्रयास, बालबालिका विभागका महानिर्देशक कृष्ण प्रसाद पराजुलीले वालविवाह के हो यसको असर र राष्ट्रिय रणनीतिको विषय र बालबालिका विभागका नर्देशक मिरा शेरचनले बाल हिंसा र यसको असरका विषयमा सहजीकरण गर्नूभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *