बागलुङ उद्योग वाणिज्य संघको नेतृत्वका लागि चार जनाको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङ
बागलुङ उद्योग वाणिज्य संघको १८ औँ अधिवेशन असार ४ गते हुँदै छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छन् । निर्वाचन नजिकिएसँगै व्यापारीहरुमा चुनावी रौकन छाएको छ । यसपाली कसले नेतृत्व पाउला भन्ने विषयमा चर्चा समेत हुन थालेको छ । असार ४ गते हुने निर्वाचनमा ४ जना व्यवसायीले अध्यक्षका लागि उमेदवारी दर्ता गरेका छन् ।

संघको अध्यक्षको लागि संघका वर्तमान महासचिव नरेश कँडेल, संघका प्रथम उपाध्यक्ष राजन कुमार शाक्य, कार्यसमिति सदस्य शशि कपुर श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ ‘बासु’ले उम्मेदवारी दर्ता गरेका छन् ।

नेतृत्व सर्वसम्मत बनाउने भनेर व्यवसायीहरू बिच विभिन्न चरणमा छलफल भए पनि अध्यक्ष कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । अध्यक्षको चर्चामा आएका ५ व्यवसायी बीच सहमति नभएपछि ४ जनाले अध्यक्ष पदको लागि उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृत अधिकृत भुमिश्वर गौतमले जानकारी दिनुभयो ।

यस पटकको चुनावमा कम्युनिस्ट पार्टी निकटका व्यवसायीहरु छैनन् । उम्मेदवार दिएका चार जना व्यवसायीनै कांग्रेस निकट व्यवसायी मानिन्छन् । संघको सदस्यका लागि अर्जुन चोखाल, श्रीजय श्रेष्ठ, राजेश भारी, विष्णु पन्त, उमाकान्त शर्मा, गणेश लम्साल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, संजय श्रेष्ठ, महेन्द्र प्रसाद शर्मा, विष्णु प्रसाद अधिकारी, ईन्द्रमणी पौडेल, ओमप्रकाश गौतम, ईश्वरजंङ्ग राजभण्डारी, उद्योग सदस्यमा निलेश राजभण्डारी, ऋषिराम गौतम र बविन शाक्यले उम्मेदवारी दिएको निर्वाचन अधिकृत गौतमले बताउनुभयो ।

त्यस्तै महिला सदस्यहरु यमुना रेग्मी र शिवकला थापाको उमेदवारी दर्ता भएको गौतमले जानकारी दिनुभयो । १४ जना खुला सदस्य आवश्यक पर्नेमा १५ जनाको उम्मेदवारी परेको छ । दुई महिला सदस्य निर्विरोध चयन भएका छन् । जस मध्ये यमुना रेग्मी र शिवकला थापा निर्विरोध भएका हन् ।

अध्यक्ष १ महिला सदस्य २ उद्योग सदस्य २ र खुला सदस्य १४ जना गरि १९ जनाको लागि निर्वाचन हुने छ । संघमा हाल १ हजार ३ सय १३ जना साधारण सदस्य, १ सय ७७ जना आजीवन सदस्य गरि कुल १ हजार ४ सय ९० जना व्यावसायी सदस्य रहेको महासचिव नरेश कँडेलmे जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *