जनप्रतिनिधिले गुनासो नआउने गरी काम गर्नुहोस : उप-सभापती खड्का

आदर्श अनलाइन, बागलुङ

नेपाली कांग्रेसका उपसभापती पूर्ण बहादुर खड्काले जनप्रतिनिधिहरुले जनताको गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

आज बागलुङमा नेपाली कांग्रेस बागलुङले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी जनप्रतिनिधिहरुलाई बधाई तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापती खड्काले जनताबाट चुनिएका जनप्रतिनिधिहरुले जनतालाई निराश नबनाउने गरी काम गरे मात्रै नेपाली कांग्रेसलाई आगमी दिनमा पुन जनताले जिताउने बताउनुभयो ।

“जनप्रतिनिधि जनताको सेवक हो, भेदभाव नगरी सेवा दिएमा कांग्रेसलाई भोट नदिनेहरुले समेत दिन थाल्छन्” खड्काले भन्नुभयो “सत्तामा पुगेपछि जनताका कुरा नसुन्ने, सेवा दिनुको सट्टा दुख दिने हो भने कांग्रेसलाई भोट दिएकाहरु समेत रिसाउछन्, त्यसैले जनप्रतिनिधिको काँधमा पार्टी रहेको हुन्छ, जनताको हितमा जनप्रतिनिधिले काम गरौं ।”

खड्काले जनप्रतिनिधि भएपछि राजनीतिक भेदभाव नगरी जनतालाई सेवा दिन सके आगमी दिनमा जनतालाई भोट माग्नै नपर्ने बताउनुभयो । कांग्रसले जनप्रतिनिधिलाई वार्षिक रुपमा प्रशिक्षण दिनेगरी नेपाली कांग्रेसले योजना बनाएको बताउनुभयो ।

राजनैतिक सहयोग बीना जनप्रतिनिधिले काम गर्न नसक्ने भन्दै खड्काले जनप्रतिनिधलाई हाम्रो सहयोग हुने र जनताले जस्तो भरोषाका साथ मतदान गरे जनप्रतिनिधिले त्यस्तै सेवा गर्नुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *