गठबन्धनले माओवादीलाई फाइदा : कांग्रेस नेता पौडेल

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले स्थानीय तहमा गठबन्धनबाट कांगे्रसलाई भन्दा बढी माओवादीलाई बढी फाइदा पुगेको बताउनुभयो ।

बागलुङमा नेपाली कांग्रेस बागलुङले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी जनप्रतिनिधिहरुलाई बधाई तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले माओवादीलाई गठबन्धले फाइदा गरेको बताउदै गठबन्धले थप गती लिने बताउनुभयो ।

उहाँले अहिले गठबन्धबाट कही कतै कांग्रेसलाई घाटा पुगेको भन्ने गुनासो सुनेको भन्दै उहाँले गठबन्धले कांग्रेलाई संगै माओवादीलाई समेत फाइदा गरेको बताउनुभयो । उहाँले कांग्रेस अहिलेको निर्वाचनबाट जुनसुकै हिसावले कांग्रेस पहिलो भएको बताउनुभयो ।

“कांग्रसले पालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा सबैभन्दा बढी सिट जितेको छ” पौडेलले भन्नुभयो “गठबन्धले कांग्रेसलाई घाटा पु¥याएको छैन, माओवादीलाई समेत फाइदा पु¥याएको छ, गठबन्धन संघ र प्रदेशको चुनावमा समेत हुन्छ, तर कांग्रेसले एक्लै लड्ने क्षमता राख्न राख्न सक्नुपर्दछ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *