बढ्दै प्रहरीको सक्रियता : ५४ लागु पदार्थ कारोबारी पक्राउ

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले तीन वर्षमा ५४ लागु औषध कारोबारीलाई फक्राउ गरी कार्वाही गरेको छ । प्रहरीले लागुऔषध ओसार पसारमा सम्लग्नलाई तीन वर्षको अवधीमा ५४ जनालाई कार्वाही गरिसकेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १ महिला ११ पुरुष, आर्थिक वर्ष २०७६/०७७ मा २ महिला र २७ पुरुष र आर्थिक वर्ष २०७७/०७८ मा २ महिला र ११ पुरुष गरी ५४ जनालाई कार्वही गर्न सफल भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाका अनुसार प्रहरीले लागु औषध नियन्त्रणका लागि सुक्ष्म ढङ्गले काम गरिरहेको बताउनुभयो । उहाँले बागलुङमा लागु औषध नियन्त्रणका लागि प्रहरीले विशेष योजना बनाएका कारण करोबारीहरु धमाधम फक्राउ परेर मुद्दा चलाइएको बताउनुभयो ।

आर्थिक वर्ष २०७५/०७६ मा पक्राउ पर्नेबाट मा १० केजी चरेस, २६३ ग्राम गाँजा, डाइजेपाम १६१ एम्पुल, नुरफिन १५९ एम्पुल, फेनरगन १५७ एम्पुल, ट्रामाडोल क्याप्सुल १२ थान र ट्याबेलट १२ थान सहित १ महिला र ११ पुरुषलाई पक्राउ गरी कानून अनुसार मुद्दा चलाइएको छ ।

यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ५ केजी चरेस, ९६ केजी गाँजा, डाइजेपाम ५३ एम्पुल, नुरफिन ५३ एम्पुल, फेनरगन ५३ एम्पुल सहित २ महिला र २७ पुरुषलाई पत्राउ गरि कार्वाही गरिएको छ भने आर्थिक वर्ष २०७७/०७८ मा ७ केजी चरेस, १६० केजी गाँजाको धुलो, अफिम १० केजी, डाइजेपाम ३७ एम्पुल, फेनार्गन ३६ एम्पुल र नुर्फिन ३७ एम्पुल सहित २ महिला र ११ पुरुष पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

“प्रहरीले विशेष योजनाका साथ लागु औषध कारोवारलाई निरुत्साहित गर्न थालेका कारण पक्राउ पर्ने कारोबारीहरु क्रमश बढ्दै आएका छन्” रानाले भन्नुभयो “विद्यार्थीहरुलाई अभिभावकाले उचित हेरचाह गर्न जरुरी छ, सेवन गर्ने मानिसको संख्या घटे कारोबार स्वत घटेर जान्छ, त्यसैले अभिभावकले आफ्ना छोरा छोरीका गतिविधि नियाल्ने र अपरिचित व्यक्तिले दिएको सामान नबोक्ने गर्नु पर्दछ ।”

बागलुङ प्रहरीलाई लागु औषधमा कारोबारी नभएर भरिया मात्रै समात्ने गरेको समेत आरोप लाग्दै आएको छ । रानाका अनुसार बागलुङमा छिटफूट मात्रमा कृत्रिम लागुऔषध कारोवार भएपनि अधिकांश लागु औषध प्रकृतिक लागु औषधहरु जस्तै गाँजा, चरेश र अफिमको हुँने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको बताउनुभयो ।

बागलुङलाई आलु औषधको कारोवार गर्ने जिल्लाको रुपमा परिचित भएपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीका अनुसार रुकुम र गुल्मी जिल्लामा समेत उत्पादन भएको लागुऔषध बागलुङ जिल्ला भएर बाहिरिने गरेका कारण यहाँ धेरै लागु औषध कारोवारीहरु पक्राउ पर्ने गरेका छन् ।

क्षणिक आनन्द लिने र अपराधिक क्रिर्याकलापमा समेत लागुऔषध सेवन गरेर सामेल हुँने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यस्तै प्रहरीले लागु औषध कारोबारलाई घटाउदै लगेमा अपराध जन्य क्रिर्याकलाप समेत आफै घटेर जाने बताउँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *