प्रदेश युवा नीति बनाइँदै

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सरकारको युवा तथा खेलकूद मन्त्रालयले प्रदेश युवा नीति निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । मन्त्रालयले युवा नीतिका लागि तयार पारेको मस्यौदा उपर अन्तरक्रिर्या, राय तथा सुझाव संकलनको कामलाई तिब्रता दिएको छ ।

युवालाई स्वदेशमानै रोजगारी दिने, खेलकूद क्षेत्रमा लाएका युवालाई प्रोत्साहन गर्ने, सिप सिकाएर मात्रै स्वरोजगार बनाउने लगायतका विषयहरु समावेश गरेर प्रदेश स्तरीय युवा नीति बनाउनका लागि मस्यौदा उपर छलफल गरिरहेको गण्डकी प्रदेश युवा तथा खेलकूद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

उहाँले अहिले ११ जिल्लाका युवाहरुबाट सुझाव संकलन गरिरहेको बताउदै युवाहरुको सुझाव तथा सल्लाहबाट मात्रै युवा नीति ल्याउने योजनाका साथ प्रदेशका ११ जिल्लामै युवा भेला गरेर सुझाव संकलन गरिरहेको बताउनुभयो ।

“युवालक्षित कार्यक्रम अब नीति अनुसार आउनेछन् जस्का लागि युवा नीतिको खाँचो परेको थियो, मस्यौदा तयार भइसकेर राय तथा सुझाव संकलन भइरहेको छ” अधिकारीले भन्नुभयो “युवा नीतिलाई प्रभावकारी बनाउनका लागि प्रत्यक्ष युवाको रायका लागि सुझाव आवश्यक हुन्छ,त्यसैले जिल्ला जिल्लामा मन्त्रालयको टोली पुगेर युवा भेला गर्दै सुझाप संकलन संकलन गर्दै हिडेका छौं, जिल्ला–जिल्लामा युवा भेला गरिरहेका छौं, केही महत्वपूर्ण सुझाव आएका छन्, हामी सुझाव अनुसार नीति बनाएर कार्यान्वयनमा जान्छौं ।”

उहाँले सोमबार बागलुङमा युवा भेला गरेर मस्यौदा उपर सुझाव संकलन गरिएको र ११ जिल्लाबाट संकलन भएको सुझावका आधारमा नीति ल्याउने उहाँको भनाई छ । सुझाव संकलन भेलामा प्रस्तुत गरिएको नीतिका उपर बागलुङका युवाहरुले भाषा तथा संस्कृति संरक्षणमा युवालाई अग्रसरता दिने, अपाङ्गमैत्री खेलकूद संरचना तयार पार्ने, खेलाडीलाई प्रोत्साहन गर्ने, युवा स्वरोजगकारका लागि रचनात्मक कार्यक्रम ल्याउने नीति बनाउन सुझाव दिएका थिए ।

मन्त्रालयले युवा नीति मार्फत युवा तथा खेलाडी लक्षित कार्यक्रम ल्याउने गरी प्रदेश युवा नीति बनाउन थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *