धौलागिरी अस्पतालमा सिटिस्क्यान खरिदका लागि १० करोड बजेट

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताल बगालुङमा सिटिस्क्यान सेवा प्रदान गर्नका लागि बजेट व्यवस्थापन गरेको छ ।

गण्डकी प्रदेशसभामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालद्वारा बुधबार प्रस्ततु आर्थिक वर्ष २०७९÷०८० को बजेट बक्तव्यमा धौलागिरी अस्पतालमा सिटिस्क्यान सेवाका लागि रु. १० करोड बजेट बिनियोजन गरेको संसदमा जानकारी गराउनुभएको छ ।

उहाँले धौलागिरी अस्पतालमा सिटिस्क्यान सेवाका लागि उपकरण खरिदका लागि उक्त बजेट व्यवस्थापन गरिएको बताउनुभएको थियो । गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताललाई गण्डकी उप–प्रादेशिक अस्पतालका रुपमा विकास गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गर्दै प्राथमिकताका साथ स्वस्थ्य सेवाको गुणस्तर थप गर्दै आएको छ ।

अस्पताललाई हाल २०० शैयाको अस्पताल बनाउनका लागि प्रदेशले उपकरण र पूर्वाधारमा सहयोग गर्दै आएको छ । अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि समेत गण्डकी प्रदेश र संघीय सरकारले सहयोग गरेको थियो ।

अस्पतालमा सिटि स्क्यान सेवा भएमा ब्रेन स्टोकका बिरामी, दुर्घटनामा टाउकोमा चोटपटक लागेकालाई तत्कालै सिटिस्क्यान गरेर प्रभावकारी उपचार गर्न सकिने धौलागिरी अस्पताल बागलुङका प्रमुख सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो ।

“हामीले गत वर्ष देखि गण्डकी प्रदेशमा माग गर्दै आएका थियौं, अहिले बजेटमै आएछ, धौलागिरीवासीलाई उपचारका क्रममा सिटिस्क्यान सेवा नहुँदा समस्या भएको थियो” डा.पोखरेलले भन्नुभयो “अहिले चोट पटक लागेका बिरामीलाई टाउकोमा समस्या भएर रगत जमेको हुन सक्छ, तर हामीलाई थाहै हुँदैन, त्यसैले पोखरा पठाउछौं, सिटिस्क्यान भएमा अधिकांश रिफरका विरामी कम हुन्छन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *