ग्रामिण क्षेत्रमा उद्यमशिलता विकासका लागि सहकारीलाई जोडौँ : एमाले नेता चौलागाई

रोहन जि.सी., बागलुङ
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कमल चौलागाईले ग्रामिण क्षेत्रमा उद्यमशिलता विकासका लागि सहकारीको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

नेकपा एमाले सहकारी तथा गरिवी निवारण विभाग बागलुङले बिहीवार बागलुङ बजारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता चौलागाईले यस्तो बताउनु भएको हो ।

नेपालको संविधानले अंगिकार गरेको समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि सहकारी नै उपयुक्त माध्यम हो, यसको विकास बिना हाम्रो जस्तो देशलाई समाजवादमा लैजान संभव छैन, नेता चौलागाईले भन्नुभयो,–विपन्न वर्गका जनतालाई आर्थिक रुपमा सम्पन्न गराउनका लागि आवश्यक उद्यमशिलताको विकासका लागि सहकारीलाई जोडन आवश्यक छ ।

सबै राजनीतिक दलहरुले सहकारीको विकासका लागि योजना बनाउनु पर्नेमा जोड दिदै उहाँले नेकपा एमाले संविधानमा भएको व्यवस्था अनुरुप समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि सहकारी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन दृढ संकल्पित रहेको बताउनुभयो ।

एमालेले सहकारी क्षेत्रलाई उद्यमशिलतातर्फ अग्रसर गराई रोजगारी वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न पार्टीका सम्पूर्ण कार्यकर्तालाई सहकारीमा आवद्ध बनाउदै आर्थिक रुपमा सक्षम बनाउन तथा गरिवीको रेखामुनी रहेका जनतालाई सहकारीमार्फत आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउनका लागि योजना बनाएर काम गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले पार्टी पंक्तिलाई सहकारीको विकासमा सहयोगी बनाउन तथा सहकारी क्षेत्रको समग्र विकासमा पार्टीको समन्वयकारी भूमिका आवश्यक रहेको बताउनुभयो । सहकारीमैत्री नीति बनाउन तथा सहकारीको प्रवद्र्धनका लागि राजनीतिक दलहहरुको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिदै उहाँले सहकारीमा समय समयमा देखिने समस्याको समाधानका लागि राज्य, सहकारी क्षेत्र र राजनीतिक दलहरुको समेत प्रभावकारी भूमिका हुनु पर्नेमा जोड दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश कमिटि सदस्य शिव सापकोटा, प्रदेश कमिटि सदस्य तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), प्रदेश कमिटि सदस्य एवम केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसी, एमाले जिल्ला सचिव विष्णु भुषाल, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष अमर बहादुर थापा, जिल्ला सदस्य तथा केन्द्रीय सूचना तथा सञ्चार सहकारी संघका लेखा सदस्य खिम बहादुर कार्की, जिल्ला सदस्य तथा बागलुङ नगरपालिका वडा नं.५ का अध्यक्ष हरिप्रसाद शर्मा, वडा नंं ६ का अध्यक्ष रुद्र बहादुर केसी, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर लगायतले धारणा राख्नु भएको थियो ।

कार्यक्रम नेकपा एमाले बागलुङका जिल्ला सचिवालय सदस्य एवम् सहकारी तथा गरिवी निवारण विभागका प्रमुख दिपक गौतमको अध्यक्षता र जिल्ला सहकारी संघ बागलुङका सदस्य जगन्नाथ सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *