सुन्तलाचौर माविका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

रोहन जि.सी, बागलुङ

बागलुङको जैमिनी नगरपालिका–२ दमेक स्थित सुन्तलाचौर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

कक्षा १ देखि ८ सम्म अध्ययनरत सम्पूर्ण छात्राहरु र सम्पूर्ण दलित छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ । छात्रवृत्ति वितरण सँगसँगै कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुको अन्तरक्रिया समेत सम्पन्न भएको छ ।

विद्यालयको आयोजनामा जैमिनी नगरपालिका वडा नं. २ तथा जिल्ला समन्वय समिति बागलुङको विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्नुका साथै शैक्षिक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य प्रकाश पौडेलले गर्नुभएको थियो । सो अवसरमा बोल्दै पौडेलले शैक्षिक गुणस्तर बृद्धिका लागी सबै सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका उप–संयोजक होमनाथ सापकोटा, वडा अध्यक्ष प्रेम सापकोटा, समन्वय समिति सदस्य कौशिला वि.क, प्रधानाध्यापक विष्णुप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जैमिनी नगरपालिका वडा नं २ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई सुन्तलाचौर मा.वि. का प्र.अ विष्णुप्रसाद सापकोटा र वि.व्य.स. सदस्य तथा कार्यक्रमका अध्यक्ष नन्दलाल सापकोटाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

दशवटै विद्यालयका अध्यक्ष तथा प्रअ.हरुले आ–आफ्नो विद्यालयका तत्काल समाधान गर्नुपर्ने समस्या जनप्रतिनिधि समक्ष दर्शाउनु भएको थियो ।

कार्यक्रममा सुन्तलाचौर माध्यमिक विद्यालयका वि.व्य.स. सदस्य नन्दलाल सापकोटाको अध्यक्षता, शिक्षक खगराज सापकोटाको स्वागत मन्तव्य र संचालन विद्यालयका लेखापाल प्रेम प्रसाद सापकोटाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *