भूपी पुरस्कार थकाली समाज बुटवल, सम्मान चापागाईलाई

आदर्श अनलाइन, बागलुङ

धवलागिरी साहित्य प्रतिष्ठान बागलुङले यस बर्षको भुपी पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

नेपालका चर्चित कविका रुपमा स्थापित भुपी शेरचनको स्मृति र सम्मानमा स्थापना गरेको पुरस्कार कोषबाट एक संस्था र एक सर्जकलाई सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

शनिबार ८५ औं भुपी जयन्तीका अवसरमा भूपी शेरचनको सम्झना र सम्मानमा बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको संस्था तर्फ थकाली सेवा समिति बुटवल लाई नगद २५ हजार सहित भुपी सम्मान प्रदान गरिएको छ ।

यस्तै सर्जक तर्फ साहित्यकार मोहन चापागाईलाई भूपी सम्मान प्रदान गरिएको छ । उक्त पुरस्कार तथा सम्मान कवी भुपीका धर्मपत्नी कान्ती शेरचनले एक कार्यक्रमका बीच प्रदान गर्नुभएको थियो । कवी भुपीको ब्यक्तित्व र कृतित्वका बारेमा प्रतिष्ठानका सदस्य प्राध्यापक हरिप्रसाद पाण्डेले प्रकाश पार्नुभएको थियो भने पुरस्कृत संस्थाका बारेमा म्याग्दीका धुब्रलाल शर्मा र सम्मानित सर्जकका बारेमा पर्वतका सर्जक सरस्वति शर्मा जिज्ञासुले जानकारी दिनुभएको थियो ।
धौलागिरीमा जन्मिएका भुपीको सच्चा श्रद्धाञ्जली र सम्मानका लागि कोष खडा गरिएको र उक्त कोषबाट हरेक बर्ष एक संस्था र एक सर्जकलाई सम्मान प्रदान गरिने धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो ।

कबिता मार्फत तत्कालिन शासकको बिरूद्व सशक्त आवाज बुलन्द गर्ने कवि भुपी शेरचनले लेखेका घुम्ने मेञ्चमा अन्धो मान्छे लगायतका कविता आजको दिनमा पनि उत्तिकै मर्मस्पर्शी मानिन्छन् ।

धवलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशनको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सदस्य बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माको स्वागत र सदस्य कोपिला कडेललको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सुर–साधना संगित बिद्यालय बागलुङका बिद्यार्थीहरूले राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । धवलागिरि साहित्य प्रतिष्ठानले जनस्तरबाट सहयोग संकलन गरेर कवि भुपि शेरचनको स्मृतिमा पुरस्कार र संस्था सम्मान गर्ने कोष स्थाना गरी वि.स. २०७५ सालदेखि कार्यक्रम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *