समाज सेवा

संयोग पन्त
अरुको दुख, समस्यामा सहयोग गर्नु र समाजमा भएका समस्याको समाधान गर्नुलाई समाज सेवा भनिन्छ । समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ । अरुलाई समस्या परेमा सहयोग गर्नु पर्दछ । त्यसैले समाज र मानिसबीच घनिष्ट सम्बन्ध हुन्छ । तिनीहरू एक अर्कामा निर्भर रहन्छन् । मानिस नभए समाज बन्दैन र समाज बिना मान्छेको अस्तित्व रहदैन । मानिस सामाजिक प्राणी भएकोले समाजमा बस्नु उसको विशेषता हो । कुनै पनि मानिसले आफ्नो चाहना, आवश्यकता, इच्छा पूरा गर्न देखि समस्याहरु समाधान गर्न समाजमा भर पर्नु पर्दछ । समाजमा बसेका मानिसहरुलाई समाजले धेरै सहयोगगर्दछ । यसका साथै मानिसहरु बिच एकता बढाउने काम समाजले गर्दछ । समाज र मानवको आबश्यकताले कानून, सडक, अस्पताल जस्ता अति आवश्यक पुर्वाधारको व्यवस्था मिलाएको हुन्छ ।

समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेका मानिसहरूलाई मद्दत गर्नु हो । समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवालाई ‘समाजसेवा’ भनिन्छ । यसले खाँचोमा परेका र पिडितहरूलाई मद्दत गर्ने जनाउँछ । यो स्वैच्छिक सेवा हो । समाजसेवाले गर्दा समाजको र देशको विकास हुन्छ । समाजसेवा गरे पछि मानिसले जनताबाट बदलामा केही आशा गर्दैनन् । यो सेवा मानवीय विचारमा र कुनै लाभको उद्देश्य बिना प्रदान गरिन्छ । व्यक्तिगत स्वार्थभन्दा समाजको हित महत्वपूर्ण हुनेहरू मात्र समाजसेवामा अगाडि आउनु पर्दछ जसले गर्दा समाजको र देशको विकास हुन्छ ।

सामाजिक सेवाको अर्थ कार्य, र व्यक्ति, परिवार, समूह र समुदायका लागि फरक पार्ने शक्ति भएको गतिशील र अद्वितीय मद्दत गर्ने सेवा हो । सामाजिक सेवाको प्राथमिक लक्ष्य भनेको समाजको समग्र कल्याणलाई सुधार्नु हो, विशेष गरी सबैभन्दा कमजोर जनसंख्याको लागि सुधार्नु हो ।

समाजसेवा मानवहरुको एकआपसमा सम्बन्ध बनाउने एकआपसमा सहयोग गर्ने भाइचाराको आदर्शमा आधारित छ । संकटमा परेका मानिसहरूलाई सहयोग गर्नु नै समाज सेवा हो । यो एक महान कार्य हो । यसका लागि समय र शक्ति खर्च गर्नुपर्छ । आजकल मानिसलाई आफ्नो कल्याणको मात्र चिन्ता छ
मानिसहरू समाजमा बस्छन् र अरूको सहयोग चाहिन्छ । बदलामा समाज सेवा गर्नु कर्तव्य हो । यदि मानिसहरूले अरूको सेवा गर्छन् भने, अरूले तिनीहरूको सेवा गर्नेछन् । समाजसेवालाई सबै धर्मले प्रशंसा गरेका छन् । असल मानिसले समाजसेवा गर्छ भने नराम्रा मानिसले त्यसलाई त्याग्छन् । समाज सेवा समाज सुधार र विकासको उत्कृष्ट माध्यम हो ।

समाज सेवाले सरसहयोग र मिलेर बस्नु पर्छ प्रेरणा दिन्छ । हामी सबैले समाजलाई सहयोग गर्न केही समय निकाल्नु पर्छ किनकि त्यहाँ केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरू छन् । हामी आफ्नो क्षमताको आधारमा धेरै तरिकामा मद्दत गर्न सकिन्छ । समाज सेवाले गर्दा गरिब वा असक्त व्यक्तिहरुको आवश्यक्ता पूरा हुन्छ । यसले गर्दा समाज र देशको विकास पनि हुन्छ । समाज सेवाले गर्दा केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरूलाई बास, गास र कपासको व्यवस्था हुन्छ ।

सम्भव भएसम्म, सेवाहरूलाई व्यक्तिगत वा पारिवारिक स्वतन्त्रतामा हुने खतराहरू रोक्नको लागि पनि निर्देशित गरिन्छ । सामाजिक सेवाहरूले सामान्यतया परिवारहरूलाई तिनीहरूको स्थानीय समुदायहरूमा सँगै राख्न, नातेदार सम्बन्ध कमजोर हुँदा साथीहरू वा छिमेकीहरूबाट सहयोग मिलाउनमा उच्च मूल्य राख्दछ ।

समाज सेवा गर्नेहरूले समाजका सबैभन्दा दुखी , गरिव, असहाय, कमजोर र सीमान्तकृत व्यक्तिहरूको सहयोगका लागि काम गर्छन् । उनीहरूको अधिकारको प्रवर्द्धन गर्न, असमानताहरू हटाउन मद्धत गर्दछन । उनीहरुका जीवनमा रहेका चुनौती हटाएर गुणस्तरमा सुधार गर्न समाजसेवा गर्नेहरुले काम गर्दछन । यी कामहरूले सामाजिक कार्यकर्ताहरूलाई नैतिक रूपमा अगाडि बढन मद्दत गर्दछ ।

कहिलेकाहीँ भूकम्प, बाढी, पहिरो, आगालागी, हावाहुरी लगायतका आकस्मिक विपद् आइपर्दा मानिसलाई एक अर्काको सहयोग चाहिन्छ । यस्तो बेला सहयोग लिन र दिन अति आवश्यक हुन्छ । यस्तो बेला सहयोग भएन भने यसका कारण धेरै मानिसहरु बेघर हुन सक्दछन । गरिव हुनेमात्र होइन , ज्यान जाने खतरा पनि हुन सक्दछ । समाजमा हुनेयस्ता समस्यामा हातदिने काम हामीले गर्नु पर्दछ । यसका कारण नेपालमा समाजसेवा अति आवश्यक रहेको छ ।

अहिले समाजमा रहेका पाका मानिसलेमात्र समाजसेवा गर्नु पर्दछ भन्ने छैन । साना उमेरका विद्यार्थीहरुका साथै सबै उमेर समुहका मानिसहरुले पनि आफनो क्षमता अनुसार समाजसेवा गर्न सिक्नुपर्छ । आपलनो घर वरपरको सरसफाई गर्न, आपतमा साथ दिन सबैले सक्नु पर्दछ । सबै मानिसहरूले आफनो घर अगाडिको सडक सफा गर्ने, आगो, डढेलो निभाउने, घाइतेहरूलाई प्राथमिक उपचार गर्ने, भीडभाड हुने ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने, बालबालिकालाई र बुढापाकालाई सडक पार गर्न मद्दत गर्ने अति आवश्यक काम गर्न सकेमा समाज सेवाको काम घरबाटै सुरु हुन्छ र यसबाट अरुलाई पनि सिर्का बन्न सकद्यछ । हामीले सामान्य कार्य वा सेवाहरूमात्र गर्न सकेमामात्र समाजसेवाको बाटो सजिलो बन्ने छ । त्यसैले हामी सबैले आफुले गर्न सक्ने काम आफै गर्ने गर्नु पर्दछ । यसले सामाजिक सेवाको लागि ठूलो अवसर प्रदान गर्दछ र पढेका कुरालाई दैनिक जीवनमा प्रोग गर्न सघाउँदछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *