एमाले अध्यक्ष ओली असार १० गते बागलुङ आउदै


आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली असार १० गते शुक्रवार बागलुङ आउनु हुने भएको छ ।

नेकपा एमाले बागलुङ जिल्ला कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष ओली बागलुङ आउन लागेको एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष ओली आउने कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि जिल्ला सचिवालयका उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठक सोमबार बिहान बसेको थियो । वैठकले पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रममा बढी भन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिताका लागि पार्टी कमिटि र जनसंगठनहरुलाई परिचालन गर्न पार्टी जिल्ला सचिव विष्णु भुषाल, उप–सचिवहरु गणेश बहादुर थापा र डम्बर श्रीस, जिल्ला सचिवालय सदस्य अमर बहादुर थापा र नेत्र विष्टलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रम सफल पार्न आवश्यक आर्थिक व्यवस्थापनका लागि सञ्जय कुमार श्रेष्ठ, कुमार खड्का, दयाराम पौडेल, भवनराज बराल र राजु गौतमलाई जिम्मेवारी दिइएको सचिव विष्णु भुषालले जानकारी दिनुभयो ।
स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा (चैत २६) पनि पार्टी अध्यक्ष ओली बागलङ आउनु भएको थियो । निर्वाचनमा विजयी भएपछि शुभकामना दिन बागलुङ आउने भन्दै नेता कार्यकर्ताहरुलाई उत्साहित बनाउनु भएका अध्यक्ष ओली जिल्लामा पार्टीको पक्षमा परिणाम नआए पछि पनि आउन लाग्नु भएको छ ।

बागलुङका १० स्थानीय तह मध्ये एमालेले एउटा नगरपालिकाका प्रमुखमा पदमा मात्रै विजय भएको छ । ढोरपाटन नगरपालिकामा एमालेको प्रदेश कमिटि सदस्य देव कुमार नेपाली विजयी हुनु भएको हो । निर्वाचनमा राम्रो परिणाम नआएका कारण निरास भएका नेता कार्यकर्तालाई अध्यक्ष ओलीको सम्बोधनले उत्साह थप्ने अपेक्षा एमाले नेताहरुलाई लिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *