ताराखोलाको नीति तथा कार्यक्रम : जनप्रतिनिधि र कर्मचारीको छोराछोरी सामुदायिक विद्यायमा पढाउनुपर्ने

आदर्श अनलाइन, बागलुङ

ताराखोला गाउँपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीहरुका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गराउने नीति कार्यान्वयनै लैजाने भएको छ ।

बागलुङको ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सरकारी विद्यालयलाई गुणस्तर बनाउने र विद्यार्थीको संख्यामा वृद्धि गराउनका लागि सरकारी सेवामा रहेको शिक्षक तथा कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठाउनुपर्ने नीति ल्याएको छ । गाउँपालिका अध्यक्ष धन बहादुर बिकले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई जोड दिइएको छ ।

गाउँपालिकाले आर्थिक विकासका तर्फ कृषि तथा पशुपालनलाई मुख्य प्राथमिकता दिएको छ । पालिकामा ब्याबसायिक पशुपालन लाइ वृद्धि गरि दुग्ध संकलन केन्द्र स्थापना गर्ने, दुग्ध जन्य पदार्थ को उत्पादन प्रशोधन भण्डारण तथा बजारीकरण गर्ने, पशुमा कृतिम गर्भाधान मिसन कार्यक्रम संचालन गर्ने, नर्शरी निर्माण गरी आवश्यक बिउ तथा बिरुवा उत्पादन गरिने, बाँझोे जग्गालाइ खेतीयोग्य जग्गामा परिणत गर्ने, कृषि बिमा कार्यक्रम संचालन गर्ने, फलफुल दशक बिरुवा रोपण कार्यक्रम संचालन गर्ने नीति लिएको छ ।

त्यस्तै उद्योग बाणिज्य तर्फ नेपाली कागज अल्लो, धागो तथा निगालो बाट निर्मित बस्तुहरु उत्पादनका लागि सिप बिकास तालिम र प्रबिधि हस्तान्तरण कार्यक्रम संचालन गरिने ताराखोलाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

संघ तथा प्रदेश सरकारको संगको समन्वयमा निजी तथा सार्वजनिक स्थल तथा सामुदायीक क्षेत्रमा रहेका ढुंगा उत्खननका लागि वातावरणीय प्रभाब मुंल्याकन सम्बन्धी अध्ययन गर्न सहजीकरण गर्ने निती गाउँपालिकाले लिएको छ ।

पर्यटन तर्फ ग्रामिण पर्यटकीय पुर्बाधार विकास कार्यक्रम अन्तरगत एक बडा एक पर्यटकीय गन्तब्य विकास गर्ने, करीमेलालाइ नमूना पर्यटकीय गाउँका रुपमा बिकास गर्ने, स्थानीय मेला पर्वहरुलाइ पर्यटन प्रर्बद्धनसंग आबद्ध गर्ने लगाएतका कार्यक्रम समेटीएका छन् ।

पूर्बाधार बिकास तर्फ रणनैतिक महत्वका सडकलाइ स्तरोन्नती गर्ने, पुल कल्भर्ट निर्माण गर्ने र नयाँ ट्रयाक आवश्यकता पहिचान गरेर मात्र खोल्ने, आगामी आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्रे गर्ने, बन तथा शहरी विकास गर्ने कार्यक्रम संचालन गर्ने र वडा भवन निर्माण थालनी गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नमूना विद्यालय र जनप्रेम मावि भवन निर्माण, सुकुम्बासी समस्या समाधान, नक्सापास गरि घर निर्माण, उज्यालो गाउँपालिका घोषणा, विद्युत उत्पादनमा सबैको सहभागीता, व्यावसायिक कृषिका लागि नयाँ प्रविधि युक्त सिचाइ जडान लगाएतका कार्यक्रम उल्लेख गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर बिकले बताउनुभयो ।

शिक्षा तर्फ एक शिक्षण संस्था एक उत्पादन, पालिका स्तरीय पुस्तकालय, अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, बालविकासको स्थानान्तरण, सामुदायिक विद्यालयका किशोरीलाइ निःशुल्क स्यानेटरी प्याड, बिद्यार्थीलाइ दिवा खाजा दिइने, शैक्षिक योजना र कक्षा ५ सम्म स्थानीय पाठयक्रम लागू गर्ने, बहुप्रविधिक शिक्षालय निर्माण गर्ने र जनप्रतिनिधी तथा सरकारी सेवामा कार्यरत करमचारीका छोराछोरी अनिबार्य सरकारी बिद्यालयमा भर्ना गरी अध्ययन गराउने नीति कार्यान्वयन गराइने अध्यक्ष बिकले बताउनुभयो ।

त्यस्तै निशुल्क औषधी सहितको घरदैलो स्वास्थ बीमा, विपन्नको बीमा पालिकाले गर्ने र आरोग्य केन्द्र निर्माण गरिने जस्ता कार्यक्रमहरु समावेश गरिएको छ । युवा खेलकुद तर्फ खेलकुद क्षेत्रको विकास गर्न सुविधा सम्पन्न कभर्ड हल निर्माण गर्ने गाउँपालिकाको नीति रहेको छ ।

जातिय भेदभाव अन्त्य गर्ने, बालबिबाह न्यूनिकरण गर्ने अभियान संचालन गर्ने र मासिक रुपमा जीवन भत्ता दिने गाउँपालिकाले जनाएको छ । मानव अधिकार युक्त गाउँपालिका घोषणा गर्ने, समान कामको समान ज्याला दिने, शहिदमार्ग, पदमुर्ति र संग्रालय व्यवस्थित गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।

यो पनि पढ्नुहोस्