जिल्ला समन्वय समिति म्याग्दीद्वारा ५ पत्रकार पुरस्कृत

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीका पाँच जना पत्रकारहरु सोमबार बेनीमा विकास पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

जिल्ला समन्वय समितिले प्रदान गरेको सो पुरस्कारमा म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री, हरिकृष्ण गौतम, घनश्याम खड्का, ध्रुबसागर शर्मा र ठाकुरप्रसाद आचार्य (शिव)लाई जनही नगद रु. दश हजारका दरले पुरस्कृत गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य नरदेवी पुन, जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, निवर्तमान जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर कटुवाल, जिल्ला समन्वय अधिकारी जानुका सुवेदी लगायतले नगद, प्रमाणपत्र वितरण र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

खड्कालाई आर्थिक वर्ष २०७३÷७४, शर्मालाई २०७४÷०७५, गौतमलाई २०७५÷०७६, आचार्यलाई २०७६÷०७७ र खत्रीलाई २०७७÷७८ को पुरस्कार एकैपटक प्रदान गरिएको हो । पुरस्कृत पाँचै जना पत्रकारहरु जिल्ला, प्रदेश र केन्द्रिय स्तरका विभिन्न सञ्चार माध्यममा एक दशक भन्दा लामो समयदेखि क्रियाशिल हुनुहुन्छ ।

जिल्ला विकास समितिले स्थापना गरेको रु. दुई लाखको कोषमा जिल्ला समन्वय समितिले रु. एक लाख थपेर रु. तीन लाख बनाएको छ । पत्रकारहरुबाट आवेदन संकलन गरेर लेखेका समाचार मूल्याङ्कन गरी छनौट गरिएको जिल्ला समन्वय समितिका शाखा अधिकृत शालिकराम शर्माले बताउनुभयो ।

पत्रकारहरुलाई पुरस्कार वितरणसँगै जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण, पदवाहली र निवर्तमान पदाधिकारीहरुको विदाई गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *