आठौं अन्तर्राष्ट्रिय योग दिवस बागलुङमा पनि मनाईयो

आदर्श अनलाइन, बागलुङ
धौलागिरी आयुर्वेद औषधालय बागलुङ र पतञ्जली योग समिति बागलुङले बेग्लाबेग्लै कार्यक्रमका साथ आठौं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । ‘मानवताको लागि योग’ भन्ने नारासहित यस बर्षको अन्तर्राष्ट्रिय योग दिवस मनाईएको हो ।

धौलागिरी आयुर्वेद औषधालयले योग तथा ध्यान कार्यक्रम सञ्चालन गरेको थियो । योगाभ्यास कार्यक्रममा डा. कमल बिक्रम पौडेलले योगको मानव जीवनमा रहेको महत्वको बिषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा योग विभिन्न आयामहरु आसन, प्रणायम लगायतका अभ्यास कार्यालयका बैध्य निरिक्षक एकराज ढुंगानाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा औषधालय व्यवस्थापन समिती सदस्य ललिता थापाले नसर्ने रोग को व्यवस्थापन र स्वस्थ जीवन यापनगर्न दैनिक रुपमा योग साधना गर्न आग्रह गर्नुभयो ।

यस्तै पंतञ्जली योग समिति बागलुङले राधाकृष्ण मन्दिरमा योग दिवस मनाएको छ । सो अवसरमा आधुनिक जिवनमा योगको महत्वबारे छलफल सहित योग अभ्यास समेत गराईएको थियो ।

पंतञ्जली योग समिती बागलुङका सचिव हरिप्रसाद उपाध्यायको अध्यक्षता, कोषाध्यक्ष कल्पना श्रेष्ठको संचालन तथा सदस्य सीता शर्माको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *