लोकमार्गको बागलुङ खण्डमा शुरुङमार्ग बनाउन अध्ययन हुँदै


आदर्श अनलाइन, बागलुङ

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तरगतको बागलुङ खण्डमा शुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ ।

लोकमार्ग बागलुङको काठेखोला स्थित अछते देखि बिहुँ गलकोटको नरेठाटी सम्मको शुरुङ मार्ग अध्ययन गरिने भएको छ । अध्ययनका लागि संघीय सरकारले रु. ५० लाख बजेट समेत विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शुरुङमार्ग अध्ययनका लागि रु. ५० लाख रकम छुट्टाइएको बागलुङका संघीय सांसद तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले जानकारी दिनुभयो ।

सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि २४ वटा नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ जसमध्ये मध्यपहाडी लोकमार्गको अछेते–गलकोट खण्डको शुरुङमार्ग समावेश भएको हो ।

गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछेत–बिहुँ देखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गर्नुभएको थियो । आगमी आर्थिक वर्षमा संभाव्यताको काम अगाडी बढ्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाउनुभएको छ । अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा शुरङमार्ग बनाउदा यात्रा बरिब डेढ घण्टा यात्रा छोट्टिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *