बैंकर्सद्वारा बागलुङ नगरपालिकाका जनप्रतिनिधिलाई स्वागत

आदर्श अनलाइन, बागलुङ
बैंकर्स बागलुङले बागलुङ नगरपालिकाका नव निर्वाचित नगर प्रमुख, नगर उप प्रमुख तथा जनप्रतिनिधीहरूलाई सम्मान तथा स्वागत कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

बागलुङमा रहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठन बैंकर्स बागलुङले एक कार्यक्रमका बीच नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान तथा स्वागत गरेको हो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले आफ्नो कार्यकालमा समृद्ध नगरपालिका निर्माण गर्नको लागि बागलुङमा रहेका सम्पुर्ण वित्तिय संस्थाहरुसंग सहकार्य र समन्वय गर्दै सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले बागलुङ नगरपालिका लाई समृद्ध नगर बनाउने योजनामा बैंक हरूको साथ सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रम बैंकर्स बागलुङ का अध्यक्ष हेमराज शर्माको अध्यक्षता, बैंकर्स बागलुङका सदस्य अमृत सेवाको स्वागत र बैंकर्स बागलुङका सदस्य हेमन्त आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *