गलकोट नगरपालिकाको बजेट रु. ६८ करोड ७५ लाख


आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आगामी आर्थिक बर्षको लागि रु.६८ करोड ७५ लाख ३९ हजार बजेट सार्वजनिक गरेको छ ।

गलकोट नगरपालिकाको ११ औँ नगर सभाको अवसरमा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले पूर्वाधार, पर्यटन, शिक्षा, स्वरोजगार र कृषि लक्षित बजेट सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाले आन्तरिक आयतर्फ कर शुल्क तथा दस्तुर र सेवा शुल्क गरी रु.१ करोड ९५ लाख तथा विविध आय गत वर्षको वैंक मौज्दात रु. १ करोड ९ लाख गरी जम्मा रु ३ करोड ४ लाख र नगद जनसहभागिता ५ लाख अनुमान गरिएको छ ।

यस्तै राजश्व बाडफाँड बाट रु. ११ करोड १७ लाख ७५ हजार, अन्तर सरकारी बित्तिय हस्तान्तरण तर्फ नेपाल सरकारबाट प्राप्त समानिकरण रु.१३ करोड ९ लाख, शसर्त तर्फ रु.३७ करोड २ लाख, प्रदेश सरकार समानिकरण रु.१ करोड ५० लाख ६९ हजार अनुमान गरेर रु.६८ करोड ७५ लाख ३९ हजार बजेट सार्वजनिक गरेको गलकोट नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आर्थिक बिकास तर्फ रु.२ करोड ४९ लाख, सामाजिक बिकास तर्फ रु.४ करोड ८२ लाख ३९ हजार , पूर्वाधार बिकास तर्फ रु.७ करोड ६६ लाख, सुशासन तथा अन्तरसम्वन्धीत बिषयमा रु.४० लाख ५० हजार तथा बन बाताबरण तथा विपद् ब्यवस्थापनको लागी रु.४१ लाख बिनियोजन गरेको छ ।

बजेटमा गलकोट नगरपालिकाको प्रशासनिक भवन निमार्णको लागि रु.२ करोड, गलकोट नगरपालिका वडा नम्वर ३ को वडा कार्यालय भवन निर्माण गर्न जग्गा प्राप्तिको लागि रु.३५ लाख, मल्म स्वास्थ्य चौकीको भवन निर्माण गर्न जग्गा प्राप्तिको लागि रु.३० लाख, वडा नम्वर १ को स्वास्थ्य चौकी भवन निर्माण गर्न जग्गा प्राप्तिको लागि रु.३० लाख, गलकोटको मुख्य वजारहरुमा सडक वत्ती र सिसि क्यामेरा जडानको लागि रु.१० लाख, नगरपालिकाको कृषि वाली तथा वागवानी विकासमा रु. ६६ लाख ५० हजार, पशु पंक्षी विकास कार्यक्रममा रु. ५९ लाख, संघीय सरकार सशर्त तर्फ कृषि तथा पशु विकासमा रु. १ करोड ५ लाख गरी जम्मा रु. २ करोड ३० लाख ५० हजार बजेटको बिनियोजन भएको छ ।

त्यस्तै ज्येष्ठ नागरीकहरुको सम्मानको लागि विशेष भत्ता वापत रु. ८ लाख, नगर शिक्षा कार्यक्रम सञ्चालन गर्न रु.२ करोड १० लाख ४२ हजार र सशर्त अनुदानतर्फ रु. २५ करोड ९५ लाख गरी जम्मा रु. २८ करोड ५ लाख ४२ हजार, लघु उद्यम विकास कार्यक्रमको लागि रु.३० लाख, युवा तथा खेलकुद विकास कार्यक्रमको लागि रु. २४ लाख ५० हजार, गलकोट नगर अस्पतालको विकास गरी सेवा प्रवाहमा सुधार गर्न रु. २१ लाख, नगरपालिका भित्रका सडक वाह्रै महिना नियमित संचालनको लागि मर्मत संभार गर्न रु. ३० लाख बिनियोजन गरिएको छ ।

यस्तै छहरेखोला कोटमैदान वराहथान लिफ्टिङ खानेपानी आयोजनाका लागि रु.४० लाख, सिद्धथान खानेपानीको लागि रु.१५ लाख, नौविसे जामुनडाडा, पैयुडाडा, ढलेपिपल मोटरवाटो ढलानका लागि रु.२५ लाख, भैसे गेटदेखि मानडाडा सर्दाखेत मोटरवाटो पक्कि नाली निर्माणका लागि रु.२५ लाख, चालिसेटोला ज्यामिरे मोटरवाटो निर्माणका लागि रु.१२ लाख, जरिखेट पिपलडांडा डडविसे सडक निर्माणका लागि रु.१८ लाख, लोप वरेखानी गोलडाडा मोटरवाटो स्तरोन्नतिका लागि रु.१२ लाख, मोटरवाटो मर्मत सुधार रमुवाका लागि रु.१५ लाख, ढुंगिल मोटरवाटो निर्माणका लागि रु.१२ लाख, गोठलाङ जाने मोटरवाटोको लागि रु.३० लाख वजेट बिनियोजन भएको छ ।

नगरपालिकाले उत्पादनका आधारमा अनुदान, पर्यटकीय पूर्वाधार, बालमैत्री नगरपालिका घोषणालाई विशेष ध्यान दिएर बजेट विनियोजन गरेको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *