बागलुङमा २ दिने खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

रोहन जि.सी, बागलुङ

बागलुङमा हालै सम्पन्न २ दिने खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि मिलन क्षत्री र खेम कार्कीले प्राप्त गर्नुभएको छ । संयुक्त चार युवा क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा क्षत्री र कार्कीले उपविजेता प्रवेश शर्मा तथा कृपेष शर्मालाई लगातार २ सेटमा हराँउदै उपाधि हात पार्नुभएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले आँउदो दिनमा बागलुङ नगरपालिकाले खेल क्षेत्रलाई विशेष महत्वका साथ अघि बढाउन,े बजेट विनियोजन गर्ने र यहि बर्ष देखि बाग्लुङ नगरपालिकाले कालिका कप लगायतका बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कुमारविक्रम क्षत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संयुक्त चार युवा क्लब बागलुङका अध्यक्ष अभिषेक कटवालले क्लबले बिगत ३ बर्ष देखि विभिन्न खेलकुद कार्यक्रम आयोजना गर्दै आइरहेको र यस्ता खालका कार्यक्रमले सामाजिक एकता ल्याउने र समग्र नगर र राष्ट्र नै स्वस्थ्य बनाउन भुमिका खेलिरहेको जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता मिलन क्षत्री र खेम कार्कीले रु २० हजार र त्यस्तै उपविजेता प्रवेश शर्मा तथा कृपेष शर्माले १२ हजार प्राप्त गरेको प्रतियोगिता का खेल संयोजक मदन आचार्यले जानकारी दिनुभयो । समापन कार्यक्रम संयुक्त चार युवा क्लब बागलुङका अध्यक्ष अभिषेक कटवालको अध्यक्षता, कोसिका खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *