जलजला गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित

आदर्श अनलाइन, पर्वत

पर्वतको जलजला गाउँपालिकाको आर्थिक बर्ष २०७९÷०८० को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मती रुपमा पारित भएको छ ।१२ औ गाउँसभाले अध्यक्ष राजु आचार्यले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले पेश गर्नुभएको बजेट शुक्रबार पारित भएको हो । वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कृषि र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।

जलजला गाँउपालिकाले मुख्य स्रोतका रुपमा रहेको कृषि तथा पशुपालनको उत्पादन, भौगोलिक क्षेत्र, हावापानी, माटो र वातावरण अनुकुलको उच्च प्रतिफल दिने कृषि वाली तथा पशुपन्छी पालनको अध्ययनबाट उत्पादनलाई प्रवद्र्धन गर्न पकेट क्षेत्रको कार्यक्रम गरिने जलजला गाँउपालिकाका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

गाउँपालिकाभित्र उत्पादन हुने विभिन्न ताजा तरकारी आलु, धान, मकै तथा बेमौसमी तरकारी, फलफुललगायतका फसलको उत्पादन बृद्धिका लागि ब्लक, पकेट क्षेत्र अध्ययन गरी बिभिन्न कृषि उपज उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइने अध्यक्षले नीति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ ।

आगामी आर्थिक बर्ष जलजला गाउँपालिकाले कृषिमा एक करोड ३० लाख कृषिको बजेट एक करोड ७० लाख पु¥याएको छ । चालु आर्थिक बर्ष जलजला गाउँपालिकामा कृषितर्फ ४० लाख बजेट बिनियोजन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *