आजको मौसम : मेघगर्जन चट्याङसहित वर्षा

आर्श अनलाइन, काठमाडौं
देशभरको मौसम सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ।

आज दिउँसो गण्डकी प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। आज राति पनि लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबीच कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षा मापन भएको छ । यी आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *