म्याग्दीमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै, एक बर्षमा तीन सयभन्दा बढी सम्बन्ध विच्छेद

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीमा पछिल्लो समय सम्बन्ध विच्छेद गर्ने जोडीको संख्यामा वृद्धि हुँदै गएको छ। अघिल्लो बर्षको तुलनामा यस बर्ष करिब दोब्बरले मुद्दा बढेको जिल्ला अदालत म्याग्दीमा श्रेस्तेदार तेज प्रसाद पौडेलले जानकारी दिए।

‘अघिल्ला बर्षमाभन्दा यस बर्ष म्याग्दीमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका छन्,’ उनले भने, ‘एक बर्ष नपुग्दै ३०५ जोडीले सम्बन्ध विच्छेद गर्नका लागि मुद्दा दिएका छन्।’ हालसम्म जिल्ला अदालत म्याग्दीमा सम्बन्ध विच्छेदका लागि परेका ३०५ लगतमध्ये २६४ फर्छ्यौट गरिएको छ भने ४१ लगत बाँकी रहेको पौडेलले जानकारी दिए।

पौडेलका अनुसार अंशमा ४४ लगत २१ फर्छ्यौट २३ बाँकी, अपुताली २ लगत २ फर्छ्याेट, लेनदेनमा ४६ लगत ३३ फर्छ्याेट १३ बाँकी, चेक बाउन्स १३ लगत ४ फर्छ्याेट ९ बाँकी, घरेलु हिंसामा ७ लगत ५ फर्छ्याेट २ बाँकी र जालसाजमा ८ लगत २ फर्छ्याेट ६ बाँकी रहेका छन्।

त्यस्तै जिल्ला अदालतमा परेका मुद्दामध्ये जबरजस्ती करणीमा पनि अघिल्लो बर्षमाभन्दा यस बर्ष बढी मुद्दा परेका छन्। यो बर्ष असार ९ गते सम्म २३ लगतमा १० फर्छ्याेट भएका छन् भने १३ बाँकी रहेका छन्।

त्यसैगरी कर्तव्य ज्यानमा ९ लगतमा ६ फर्छ्याेट भइ ३ बाँकी रहेका छन्। जबर्जस्ती करणी उद्योगमा ५ लगत भएकोमा ५ वटै फर्छ्याेट भएका छन्। सवारी ज्यानमा १५ लगत १० फर्छ्याेट ५ बाँकी र ज्यान मार्ने उद्योगमा ९ लगत ६ फर्छ्याेट ३ बाँकी रहेका श्रेस्तेदार पौडेलले जानकारी दिए।

२०७८/०७९ मा लगत भएका ६०३ मुद्दा मध्ये फर्छ्याेट ४ सय ४८ भएका छन् भने १५५ वटा अझै बाँकी रहेका छन्। १८ महिना भित्रका ३० वटा फर्छ्याेट भएका र २ बाँकी रहेको जिल्ला अदालत म्याग्दीले जनाएको छ। जिम्मेवारी सरेर आएका १९१ मध्ये १६१ वटा मुद्दाको फर्छ्याेट भएकाे जनाइएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *