सरकारले अमेरिकालाई पठायो एसपिपीमा सहभागी नहुने पत्र

आदर्श अनलाइन, काठमाडौं

सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने निर्णय पठाएको छ।

मन्त्रिपरिषद्को निर्णयबाट परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई एसपिपीमा सहभागी नहुने निर्णय पठाएको गृहमन्त्री बालकृष्ण खाँणले बताए।

उनले सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै भने, ‘एसपिपीको सम्बन्धमा सरकार गम्भिर छ। सरकारले एसपिपी अगाडि नबढाउने निर्णय गरेको थियो। अमेरिकी सेना र नेपाली सेनाबीच सहयोग आदानप्रदानको बिषयमा सम्झौता हुन्छ की भन्ने चर्चा चलेको थियो। तर सरकारले निर्णय गरेर परराष्ट्र मन्त्रालयमार्फत एसपिपीमा सहभागी नहुने पत्र पठाइसकेका छौँ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *