चट्याङ लागेर एकको मृत्यु, पहिरोले घर पु¥यो

आदर्श अनलाइन, बागलुङ

बागलुङमा आजराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बागलुङ जिल्लाको काठेखोला गाउपालिका–४ तग्राम फापरखेत बस्ने गजेन्द्र पुनको श्रीमती २८ वर्षीया सुस्मा पुनको मृत्यु भएको छ ।

पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ परी घाईते भई उपचारको लागि धवलागिरि अस्पताल बागलुङ ल्याईएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव निरिक्षक इन्द बहादुर रानाले जानकारी दिनुभयो ।

यस्तै अबिरल वर्षाका कारण आएको पहिरोले आज रातीनै बागलुङको गलकोट नगरपालिका–११ रिघा स्थित दिपदोल बस्ने बर्ष ८३ को कृष्ण बहादुर कामीको घर पुरेको छ ।

ढुङगा माटोले बनेको टिनको छानो भएको तिन तले कच्चि घरमा ६० मिटर घरमाथिबाट पहिरो आई घर पुरिएको छ । घर पुरदिा मानविय र चौपाय क्षेति नभएपनि अन्नपात, लत्ताकपडा लगायत पुरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *