के प्रविधिको दुरुपयोग गरी बालबालिका बिग्रेकै हुन ! कसरी सुधार्ने ?

सरोजराज पन्त

कोभिड १९ ले विश्वलाई बिगत दुई वर्ष देश आक्रान्त पारिरह्यो । कोरोना महामारीले सबै भन्दा धेरै असर शिक्षा क्षेत्रमा भोलिका कर्णधारहरुलाई पारेको छ । विद्यार्थी भाइबहिनीहरुको दुई शैक्षिक सत्रलाई बेस्सरी प्रभाव पारेको कोभिडले बैकल्पिक शिक्षण सिकाइतर्फ लाग्नु प¥यो । शिक्षा क्षेत्र भिडभाड, जमघट र अन्तरक्रियाको स्थल भएकाले प्रत्यक्ष सिकाइबाट शिक्षालय कोभिड हब बन्ने खतरा दिनुहुन्न भन्ने विश्वव्यापी कार्यसूची बनेकोले नेपालमा पनि यसलाई अबलम्वन गरियो । यसले सिक्ने, सिकाउने र परीक्षा लिने परम्परागत तरिका, नीति, विधि, प्रविधि तथा अभ्यासलाई पुनर्वोध गरिदियो । शिक्षा दिनु र लिनु छ, सिक्न र सिकाउनु छ, अमूल्य समय खेर जान नदिन वैकल्पिक शिक्षाबाट विश्वविद्यालय, विद्यालय शिक्षा, कक्षा कोठा, सिकाइ विधि, परीक्षण प्रणालीमा समयानुकुल परिवर्तन गर्नु प¥यो । शिक्षाको परिभाषा, शिक्षण विधि, प्रक्रिया, शिक्षण सामग्री आदिमा आमूल परिवर्तन आयो । शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापकहरुको भूमिकामा परिवर्तित परिवेश अनुसारको चल्नु पर्ने दवाव कोरोनाले सृजना गरिदियो । विश्वविद्यालय, विद्यालयको शिक्षण सिकाइ स्थल अब कक्षा कोठामा सिमित नभइ विस्तारित खुला प्लेटफर्म तर्फ केन्द्रित बन्न पुगे । शिक्षण सिकाइ विधि र परम्परागत कक्षाकोठामा रहेको सिमित घेराबाट वैकल्पिक प्रविधियुतm खुला समुदायसम्म विस्तार गरिए ।

विश्वव्यापीकरणको कारण सूचना सञ्चार प्रविधिको निरन्तर प्रयोगले विष्फोटन गरेको शिक्षा र भाषिक सांस्कृतिक आवद्धीकरणका कारण परम्परागत शैक्षिक क्रियाकलापका पर्खालहरू भत्किँदै गएकोमा कोरोनाले थप ग्रसित बनाएको छ । कोभिड महामारीले कक्षा कोठामा सीमित शिक्षाको पर्खाल गर्ल्यामगुर्लुम भत्काइ दियो । गाउँ शहर, महल, झुपडी सबै ठाउँमा कतै खुशीले, कतै जवर्दस्तरूपमा क्रृण काडेर भएपनि प्रविधिलाई पछाउन बाध्य बनाइ दियो । शिक्षक बिधार्थीहरु घर घरमा मोवाइल, ल्यापटप, ट्यावको माध्यमबाट स्की्रन सिएर गरेर कक्षा कोठा चलाइए । सिकाउने शिक्षकहरूले आफुलाई परम्परागत सूचीबाट बाहिर निकालेर बहुरुपमा विस्तार बनाउन र समयानुकुल अनुकुलन हुन खेदिरह्ये । यसले टिचर सुड वी स्टडीयस भन्ने भनाइलाई व्यवहारमा उतार्न जवर्दस्त परिवर्तन गर र अनुकूलन क्षमता बढाउँ अन्यथा तिम्रो खैरियत छैन भन्ने माग र चुनौति थपिदियो । मानवशास्त्री जुलीयन स्ट्रेवार्डको एडप्टीप सिग्नेफिकेन्सलाई आत्मसाथ गर्न सबै तयार बने ।

शिक्षामा प्रयोग गरिने मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर, आइफोन आदिमा इमेल, इन्टरनेट, फेसबुक, ट्विटर, म्यासेञ्जर, गुगल, ब्लुटुथ, सेरइट लगायतका विविध सूचना तथा सञ्चारका साधनहरुले आज बालबालिका मिस गाइडेट बने । माइक्रो सप्mट टीम, जुम लेक्चर बुक, ई–बुक, लर्निङ् पोर्टल, भिडियो युट्युब, ड्रिल सफटवेयर, कन्स्ट्रक्सन, रोबोट, डिजिटल अन्तरक्रिया, गेम्स, ह्वाट्स याप, ब्लग, लगबुक र एसेसमेन्ट टुल्स आदिको माध्यमबाट वैकल्पिक सिकाइ तथा नवीन प्रविधिको प्रयोग पढेका बालबालिकामा अहिले चुनौति थपिदिएको छ । अवसरको सही उपयोग नगर्दा समस्याहरु आएका छन । अहिले अभिभावकले छोराछोरीको गुनासो दिनहँु बढेको छ । बिहान ओछ्यानदेखि बेलुका त्यही ओछ्यानमा नसुतेसम्म मोवाइल, ल्यापटप, टयाव, टिभी आदि चलाएर हैरान पारे आँखा झिमिक्क पार्ने हुदैन आदि । आफ्नै छोराछोरीदेखि विरक्त, हैरान भएर, दुःखी र चिन्तित भएका अभिभावकहरु धेरै छन् । आफू सुध्रिएर होइन, बालबालिका सुधार्न आफ्नै छोराछोरीलाई गर्ने गालीको भेराइटी पनि धेरै छन् । छोराछोरीले भनेको नमान्दा असल र ज्ञानी नवन्दा अभिभावकले गर्ने व्यवहारले उनीहरूलाई मनोवैज्ञानिक असर पारेको छ । हामीले बिहानैदेखि आफ्ना छोराछोरीलाई ‘यसको त दिमाखै छैन’, ‘यसले गरेर खाँदैन’, ‘म मरेपछि के खालास, ‘यस्तो सन्तान पाउनुभन्दा गर्भ नबसेको भए राम्रो हुन्थ्यो’, ‘बच्चा नभएको भए कति खुसी र आनन्द हुने थियो होला’ मरे मर एउटा अण्डा फुटयो आदि जस्ता कति धेरै नकारात्मक गाली गर्न विवश रहेको पाइन्छ । तनावमा परेर गर्ने यस्ता गालीले बाल मनस्थितिमा र अभिभावकको स्वयमको मन पनि दुखेको छ । यति धेरै गाली गरे भन्ने पश्यताप पनि परेको छ । सानैदेखि वालवालिकालाई राम्रो बनाउने बहानामा बच्चालाई उमेर अनुसार डर र धम्की देखाउन बालबालिकालाई भात नखाए ठुलो भूत आउँछ । भूतलाई माम दिउँ भन्नेदेखि बेस्सरी रोए चोर आउँछ, वनझाँक्री आउँछ, बाघ आउँछ, जोगी आउँछ, भुरा लैजाने मान्छे आउँछ भनेर डराउन दिने गर्दछौं ।

यस्तै बिद्यालयमा परम्परागत सिकाइ विधि प्रत्यक्ष सम्पर्क वा फेस–टु–फेस तरिकाले शिक्षकहरुले भाषण गर्ने, विद्यार्थीहरुले सुन्ने, गृहकार्य–कक्षा कार्य गर्ने÷गराउने र प्रत्यक्ष परीक्षा लिएर मूल्याङ्कन गर्ने पद्घति पुन सुरु भयो । सनातनी र सजिलो विधिमा सबै शिक्षक, विद्यार्थीहरु अभ्यस्त हुँदै आएकोमा बिगतले टर्नअन गरिदियो र शिक्षण सिकाइ क्रममा मनोभाव, शारीरिक भावभङ्गी बुझ्न र शाब्दिक पृष्ठपोषण गर्नकालागि समस्या बनायो । फेस–टु–फेस विधि जीवन्त मानिएकोले कोरोना महामारीमा फेस–टु–फेस विधि अपनाउन नसक्दा अबलम्वन गरिएका साधनले अहिले थप समस्या र चुनौतिहरु थपेका छन् ।

बालबालिका खुल्ला आकाश सरी आफूलाई स्वतन्त्र राख्न र हुन चाहन्छन् । अभिभावकहरूले भने विगतमा आफुले भोगे गरेको व्यवहारको प्रेसरमा राख्न खोज्दा र पुरानो संस्कार अनुसार बालबालिका हुर्काउन पढाउन खोज्दा अहिलेको अवस्था आएको जटिल बनेको छ । आफ्नो छोराछोरीको नकारात्मक व्यवहारले गर्दा अभिभावकहरूलाई पनि समस्या भइसकेको छ । तर पनि हामी आफ्ना नानीबाबुलाई कसरी हुर्काउने, बढाउने र पढाउने भन्ने बिषय गहन हो । समस्या बालबालिकाहरु हो कि अभिभावकहरूको हो । जन्मेदेखि अभिभावकले गर्ने व्यवहारले बालबालिकाको मनस्थिति बन्ने हुँदा उनीहरूलाई माया, हौसला, प्रेरणा, सहयोग र सद्भावले बालबालिकाको बानी–व्यवहार सुधारर्न आवश्यकता छ । बालबालिका राम्रो बनाउन आफुले पनि राम्रा व्यवहार गर्न आवश्यक छ ।

बालबालिकाको अगाडि आफुलाईं रोलमोडल बन्न नसक्नुको कारण समस्याहरु थपिर्दैं आएका छन । अभिभावकहरूको तनाव छोराछोरीले पनि तनाव बेहोर्नुपर्ने परेको छ भने छोराछोरीको तनाव अभिभावकले बेहोर्नुपर्ने परेको छ । आफूले भनेको मान्दा ज्ञानी ठान्ने र नमान्दा अटेरी भयो भनेर गुनासो गर्ने प्रवृत्तिले अभिभावक र वालवालिका बीच खाडल बनेको छ । आफना छोराछोरी सुधार्ने हो भने पहिला अभिभावकहरू सुध्रिनुपर्ने हुन्छ । बालबालिकाले बढी मोबाइल चलाए भनेर गुनासो गर्ने तर आफुले कतिबज्यो भनेर घडी हेर्न मोवाइल झिकेकोमा घण्टौं चलाउने बानीले बालबालिकालाई बिगारेका छैनौं र ? कति, कसरी हेर्छौं, कुन समयमा हेर्छौं र के के हेर्छौं ? आफु दिनभर टिकटक बनाउने, फेसवुक चलाउने, सिरीयल हेर्ने, फोनमा रमाउने कामको आत्ममूल्याङ्कन गरी बालबालिकालाई सोही अनसारको व्यवहार गर्न ढिला भएन र ? बालबालिकालाई असल र ज्ञानी बनाउने हो भने सबैभन्दा पहिला आफ्नो व्यवहार सुधार्नु पर्ने देखिन्छ । हामीले कोदो रोप्ने र धानको अपेक्षा गर्दा अहिले जटिलता थपिएको छ । बालबालिका अभिभावकका ऐना भएकोले हामीले गरेका व्यवहारहरू बालबालिकाले एक–एक मूल्याङ्कन गरी रहेका हुन्छन् । त्यसैले अव अभिभावकले आफ्ना छोराछोरीको बढी चिन्ता गर्नु पहिले आफु सच्चिन जरुरी छ । कतिपय अभिभावकले लामो समय मोबाइल हेर्ने गर्नुले बालबालिकामा पनि असर देखिएको छ । यदि आफुले मोवाइल चलाउने समय घटाउन सकेमा बालबालिकाको मोबाइल हेर्ने समय पनि घट्छ ।

अब बालबालिकालाई कसरी सुधार्ने ?
पर्याप्त समय दिएर कुरा उनीहरुका कुरा सुन्ने । रमाइलो गरेर उनीहरूको भावना अभिव्यक्त गर्ने वातावरण बनाउने । एक्कासी बालबालिकालाई परिवर्तन गर्न खोज्नुभन्दा समयानुरुप वातावरणमा सुधार ल्याउन पहल गर्ने । उनिहरुका अगाडि झुटो नबोल्ने, भनाइ र गराइमा अन्तर नराख्ने, समयको व्यवस्थापन गर्ने । बालबालिकको अगाडि झै झगडा र रिसाउने गतिविधि नगर्ने । बालबालिकालाई संस्कार, अनुशासन स्वीकार गर्न प्रेरित गर्ने । बालबालिकाको असल साथी बन्ने कोसिस गर्ने र साथी सरह व्यवहार गर्ने । समस्या साथ दिएर आत्म विश्वास बढाउने । ज्ञानलाई, सीप र व्यवहारमा उतार्न तथा पढ्न, लेख्न र ज्ञानी हुँदा के हुन्छ राम्रोसँग बुझाउने र महसुस गराउने । घरायसी स–साना काम गराउने । सहकार्यको सस्कार, अनुशासनको पाठ, लोकतान्त्रिक मूल्यमान्यताअनुरुप घर तथा विद्यालयमा व्यवहार गर्ने संस्कारको विकास गर्ने, आदर, सम्मान, शिष्ट, सदाचार, सौहार्द, नम्र बानी/व्यहोरा, बोली, व्यबहारमा प्रोत्साहित गर्ने असल मानवीय वातावरण सिर्जना गर्नु पर्दछ ।

उनीहरूको बानी सुधार्ने काम क्रमिक प्रक्रिया भएकाले एकैपटक दबाबको दिनुहुँदैन । सामाजिक अन्तरक्रियाका सीपहरू जस्तै– नमस्कार गर्ने, धन्यवाद भन्ने, अरूले धन्यवाद दिँदा मुसुक्क हाँस्ने, गल्ती गर्दा माफ गर्नुहोला भन्ने आदि । बालिबालिकाले प्रेरणा, हौसला, माया, सम्मान प्राप्त गर्ने वातावरणको सुनिश्चित गर्ने । बालबालिकाले गर्न सक्ने कामहरू तिमी गर्न सक्छौ र तिमीसँग त्यो क्षमता छ भनेर उत्प्रेरित गर्ने गरी सम्झाइरहने । गृहकार्य गर, पढ अनि खेल भन्नुको सट्टा पहिला खेल अनि पढ भन्न सुरु गर्ने जसबाट पढन, लेख्न उत्प्रेरित हुने देखिन्छ । आफुसँगै राखेर पढ्न र लेख्नमा सहजीकरण गर्ने गर्नु पर्दछ । आफ्नो बालबालिकाप्रतिको तीव्र अपेक्षा नराखी निरत्तर व्यवहारमा सकरात्मक परिवर्तन गर्न उत्प्रेरित गर्नै, सबै अभिभावकले आफना कमि कमजोरीलाई स्वीकार गर्ने गर्नु पर्दछ ।

विद्यालयका विद्यार्थीहरु मिलनसार, सहयोगी र व्यावहारिक बनाउन घर तथा बिद्यालयका हरेक क्रियाकलापमा सहभागी हुने । घर परिवार, बिद्यालयमा आएका समस्याको निराकरण गर्न आपसी छलफल, सहयोग र अन्तक्र्रिया गर्न सक्षम बनाउने । उनीहरुलाई आत्मसम्मान हुने काम गर्ने र आत्मबल बलियो पार्न शारीरिक, बौद्धिक तथा संवेगात्मक विकासमा टेवा प¥याउन आवश्यक छ । बिद्यालय र घरमा बालबालिकाको भावना बुभ्न दिनमा एक वटा राम्रा काम गरी व्यवहारहरूमा सुधार गर्न सकेमा अवश्य राम्रो हुनेछ । विगतले गर्दा एकैपटक सबै कुरा सुधार गर्न सकिंदैन तर स–सानो कुराहरूबाट परिवर्तन गर्न आजैबाट सुरु गरौं । शिक्षा सरोकारवालाका सकारात्मक शैक्षिक योजना मार्फत कक्षाकोठामा सामाजिक रूपान्तरण प्रव्रिmया अबलम्ब गरौं । विद्यालय शिक्षाको उपलब्धिलाई सुनिश्चित गर्ने उद्घेश्यले अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई सशक्त बनाउने, सम्बन्धित शैक्षिक संस्था तथा निकायहरूलाई मार्ग निर्देशन गर्ने र विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य हासिल गर्न नियामक निकायको भूमिकालाई परिणाममुखी बनाऔं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *