बागलुङ नगर खानेपानीको चौथो वार्षिक साधारण सभा शुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बागलुङको चौथो वार्षिक साधारण सभा शुरु भएको छ । बागलुङ नगरपालिका वडा नं.१, २, ३ र ४ मा वडास्तरीय कलस्टर वाइज साधारण सभा मंगलबार देखि शुरु भएको छ । कलस्टर वाइज रुपमा संचालन गरिएको साधारण सभा बागलुङ नगरपालिका वडा न १ मा सम्पन्न भएको छ ।

साधारण सभामा उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिका वडा न १ का वडा अध्यक्ष जयबहादुर केसीले बजार क्षेत्रभित्र स्वच्छ, सफा पानी पु¥याउन सबै सरिक हुनुपर्ने बताउनुभयो । उहाँले सरकार र संस्थाको संयुक्त रुपमा संचालन भईरहेको खानेपानी तथा सरसफाई आयोजना सम्पन्न गर्नु प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, नेकपा एमाले गण्डकी प्रदेश सदस्य गिता शर्मा, सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्ष दुर्गाप्रसाद आचार्य लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष निरज शाक्यको स्वागत र प्रबन्धक हिमाल प्रसाद शर्माको संचालनमा सम्पन्न भएको छ । संस्थाका सचिव रामबहादुर केसीले प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

असार १४ गते देखि सुरु भएको कलस्टर वाइज साधारण सभा असार १६ गते वडा न २, असार १८ गते वडा नं.३ र असार २० गते वडा नं.४ मा संचालन गर्न लागिएको संस्थाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *