बागलुङमा विद्यालयको गुणस्तर अभिवृद्धि सम्बन्धि २ दिने गोष्ठी शुरु

आदर्श अनलाइन, बागलुङ
सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सरोकारवालाको भूमिका विषयक २ दिने कार्यशाला गोष्ठी बिहीबारदेखि बागलुङमा शुरु भएको छ ।

कार्यशालाको उद्घाटन बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै श्रेष्ठले विद्यालय र बिद्यार्थीको भविष्य संग जोडिएको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा र नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले सहजिकरण गर्नुभएको थियो । बागलुङ नगरपालिका अन्तरगत सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक गरी ६२ जनाकोे सहभागिता रहेको छ ।

कार्यक्रम तित्याङ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर थापा क्षेत्रीको अध्यक्षता, नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलको स्वागत मन्तव्य र शिक्षा अधिकृत गौरब राना मगरको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *