अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि सिदार्थलाई

आदर्श अनलाइन, बागलुङ
बागलुङमा हालै सम्पन्न अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिताको उपाधि सिदार्थ शिक्षा सदनले प्राप्त गरेको छ । उक्त प्रतियोगिता गुठी युनाईटेड क्लबको आयोजनामा शुरु भएको थियो ।

गुठी युनाईटेड क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा सिदार्थ शिक्षा सदनले फ्युचर ब्राईटरलाई ६–३ गोलको अन्तरले उपाधि हात पारेको हो ।
प्रतियोगिताको फाइनल खेलमा सिदार्थ शिक्षा सदनले फ्युचर ब्राईटरलाई ६–३ गोलको अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले उत्कृष्ट प्रर्दशन गरेका थिए । सिदार्थ शिक्षा सदनका लागि सौरभ गौतमले ४, दिप श्रेष्ठले २ गोल गर्दै जित हासिल गरेको हो । फ्युचर ब्राईटरको लागि नितेश जि.सीले २, प्रविन कौशल १ गोल गरेपनि हार व्यहोर्नु परेको हो । दुवै टिमको आक्रमक प्रस्तुतीले दर्शकहरुको माहोल तताएको थियो ।

No description available.

प्रतियोगिताको समापनमा बोल्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले खेल जीवनमा आवश्यकका साथसाथै स्वस्थ रहने उपाय रहेको बताउनुभयो । खड्काले विद्यार्थीले शिक्षा र खेलमा उत्तिकै योगदान पु¥याउन आव्हान गर्नुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष लक्ष्मण के.सी(सनि), जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी, जिल्ला फुटबल संघ बागलुङका महासचिव रेशम गोतामे, एन प्याब्सनका केन्द्रिय सदस्य बालकृष्ण शर्मा, गुराँस विद्मा सदनका प्रधानाध्यापक निशान खड्का, उक्त प्रतियोगिताका निर्णायक इश्वर श्रीस, सज्जन खड्का, रञ्जन खत्री लगायतले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No description available.

समापन कार्य गुठी युनाईटेड क्लबका अध्यक्ष राजेश जि.सीको अध्यक्षता, रोहन जि.सीको सञ्चालन सम्पन्न भएको थियो । खेलमा सहभागी विद्यालयका १० कक्षा भित्रका विद्मार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिता रस हावर फुटसल बागलुङ नगरपालिका – ३, गुठी, बागलुङको मैदानमा सम्पन्न भएको र सो प्रतियोगितामा १९ टिमको सहभागिता रहेको गुठी युनाईटेड क्लबका रोहित खड्काले जानकारी दिनुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि सिद्धार्थ शिक्षा सदन कप्तान जेनिस थापा मगर, सर्वोत्कृष्ट किप्पर सिदार्थ शिक्षा सदनका सुखद भण्डारी, सर्वोत्कृष्ट गोलकर्ता चिल्ड्रेन लाईफ निलोका बरदान थापा मगर (१४ गोल)ले पुरस्कृत भएकागुठी युनाईटेड क्लबका नरेन खत्रीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *