‘अनुभवका अनुभूतिहरु’ विमोचन

आदर्श अनलाइन, बागलुङ

बागलुङमा नारी श्र्रस्टा ईन्द्र श्रेष्ठ द्धारा लिखित ‘अनुभवका अनुभूतिहरु नामक कृति बिमोचन भएको छ ।

विद्यामन्दिर पुस्तकालय बागलुङमा आयोजित एक समारोहमा बानपा – ३ बागलुङ बजार निवासी श्रेष्ठको ‘अनुभवका अनुभुती नामक कृतिको बिमोचन गरिएको हो । कृतिको बिमोचन बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो ।

विमोचनपछि बोल्दै नगरप्रमुख श्रेष्ठले श्रेष्ठद्वारा लिखित कृतिले धौलागिरीको साहित्यीक फाटमा नयाँ आयाम थपिएको बताउनुभयो । उहाँले बागलुङ नगरपालिकाको बिकास र सम्मृद्धिका लागि सबैको सहकार्य र समन्वयमा पुर्वाधार निर्माण गरेर अगाडी बढ्ने बताउनुभयो ।

सो अवसरमा धौलागिरी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा प्राध्यापक डा. दिनबहादुर थापा, समाजसेवी लालचन्द्र राजभण्डारी र पुस्तकका लेखक इन्द्र श्रेष्ठले मंतव्य व्यक्त गर्नु भएको थियो । कृतिको समिक्षा धौलागिरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले गर्नु भएको थियो ।

सो अवसरमा नवनिर्वाचित जनप्रतिनिधी बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ, वडा नम्वर ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्री र वडा नम्बर ३ का अध्यक्ष लक्ष्मण केसी सनिलाई स्वागत एबं सम्मान गरिएको थियो ।

कार्यक्रम पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष राम थापाको स्वागत र सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *