गलकोटमा गुडिरहेको बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु

रोहन जि.सी, बागलुङ
गुडिरहेको बसको ढोकाबाट खसेर बागलुङको गलकोटमा एक यात्रुको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ११ रिघाफेदीमा बसबाट खस्नुभएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहाने ६ बजेतिर बा ३ ख ९१८० नम्बरको बसबाट बस्नेत अचानक सडकमा खस्नुभएको थियो । बस काठमाडौंदेखि रुकुम जाँदै गरेको थियो ।

बसबाट खसेपछि गम्भीर घाइते हुनुभएका बस्नेतलाई उपचारका लागि गलकोटको हटिया स्थित इमरजेन्सी पोलिक्लिनीक प्राइवेट लिमिटेडमा उपचारको लागि ल्याइएको थियो । उपचारका क्रममा बिहान साढे ६ बजे उहाँको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनापछि प्रहरीले बस चालक लालबहादुर बानिँयालाई नियन्त्रणमा लिएको छ । घटनाबारे छानबिन गर्न चालक नियन्त्रणमा लिएको जिल्ला प्रहरीका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *