बागलुङमा वर्षेनी बढ्दै यौन तथा घरेलु हिंसा

आर्श अनलाइन, बागलुङ

पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । सूचना तथा सञ्चारको पहुँच, हिंसा लुकाउनु हुँदैन भन्ने सेचतना र शिक्षाको विकास संगै विस्तारै लैङ्गिक हिंसाका घटनाहरु बाहिर आउन थालेका छन् । हिंसा मध्ये अधिकांश यौन तथा घरेलु हिंसा रहेका छन् ।

पछिल्लो समय महिला मात्रै नभएर पुरुष समेत हिंसामा पीडित हुँदै विभिन्न आएको तथ्याङ्कले देखाएको छ । लैङ्गिक हिंसा पीडितको परामर्श र उपचार गर्दै आएको धौलागिरि अस्पतालमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले वर्षेनी लैङ्गिक हिंसाका घटना बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

२०६८ सालमा स्थापना भएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले पछिल्लो ८ वर्षमा ७९७ महिला र १०५ जना पुरुष लैङ्गिक हिंसाका घटना पीडित भएर अस्पताल सम्म आइपुगेको बताउनुभयो । हिंसा पीडितको उपचार, परामर्श र पुनस्थापनाको काम गर्दै आएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र बागलुङले पछिल्लो समय यौन तथा घरेलु हिंसाका घटनामा वृद्धि भएको जनाएको छ ।

धौलागिरि अस्पतालमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईका अनुसार पछिल्लो समय हिंसा सहेर बस्नुहुदैन भन्ने कुरा जनमानसमा पर्नुले हिंसाका घटना बाहिर आउन थालेको बताउनुभयो । उहाँले हिंसामा परेका अधिकांश पीडितहरु अस्पताल सम्म आउने कार्य विस्तारै वृद्धि भएको छ ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा मात्रै ८१ महिला र ६ पुरुष हिंसा पीडित भएका छन् । यो क्रम वषेएनी वढ्दै आएको तथ्याङ्कले देखाउछ । आव २०६८/६९ मा २२ महिला र ३ पुरुष, २०६९/७० मा ४९ महिला ७ पुरुष, २०७०/७१ मा ६६ महिला र ६ पुरुष, २०७१/७२ मा ७६ महिला ३ पुरुष, २०७२/७३ मा ७३ महिला र ११ पुरुष, २०७३/७४ मा ८५ महिला र १३ पुरुष, २०७४/०७५ मा ९१ महिला र ९ पुरुष, २०७५/०७६ ११६ महिला र २० पुरुष, २०७६/०७७ मा ७० महिला र १७ पुरुष, २०७७/०७८ मा ७८ महिला र ९ पुरुष, २०७८/७९ मा ८१ महिला र ६ पुरुष हिंसामा परेका छन् ।

तथ्याङ्क हेर्दा वर्षेनी लैङ्गिक हिंसाका घटनामा क्रमश वृद्धि हुँदै गएको पाइएको छ । कोरोना महामारिका कारण भने दुई वर्ष हिंसाका घटना धेरै घटेको भएपनि बाहिर आउन भने नसकेको भट्टराईको भनाई छ । पछिल्लो समय महिला मात्रै नभएर पुरुष समेत हिंसा पीडित भएको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र बि.क पोखरेलले जानकारी दिनुभयो ।

“लैङ्गिक हिंसाका घटनाहरु पहिला पनि नभएका होईनन्, हिंसा सहनु हुँदैन भन्ने सचेतनाका कारण हिंसाका घटनाहरु बाहिर आउन थालेका हुन्” डा. पोखरेलले भन्नुभयो “गोप्य रुपमा परामर्श तथा उपचारका कारण पीडितहरु खुल्न थालेका हुन्, जसमध्ये यौन हिंसा पीडितहरु बढीनै छन् ।”

पोखरेलका अनुसार बलात्कार, जबर्जस्ती विवाह, पितृसत्तात्मक सोच, मनोवैज्ञानिक असर तथा आफन्तलगायत कारण लैगिक हिंसा हुँदै आएको पाइएको छ । अस्पतालमा अधिकांश १४ देखि ५९ वर्ष उमेर समूहका हिंसापीडितहरु बढी आउने गरेको छ ।

“लैैङ्गिक हिंसामा परेकालाई उद्दार, परामर्श, औषधोपचारदेखि पुनस्थापनासम्मको काम गर्दै आएको केन्द्रले महिला तथा पुरुषले भोगेका हिंसामध्ये तीन प्रतिशत मात्रै कानूनी प्रक्रियामा जाने गरेको छ भने अन्य मिलापत्र हुँने गरेको छ ।

विसं २०६८ मा स्थापित केन्द्रले घरेलु तथा यौनिक हिंसाबाट पीडितको उपचार तथा परामर्शमा गोप्य रुपमा सक्दो सहयोग गर्दै आएको छ । लैङ्गिक हिंसामा पर्ने अधिकांश दलित तथा न्यून वर्गीय समुदायका रहेका छन् ।

हिंसामा परेर घाइते अथवा मानसिक असन्तुलन भएका विरामीहरु उपचारका लागि अस्पताल आएको खण्डमा उनिहरुको छुट्टै वयवस्थापन गरिने केन्द्रले जनाएको छ । हिंसापीडितको परामर्श, उपचार र पुनस्थापना निःशुल्क हुनेगरेको छ भने आउने जाने यातयात खर्च समेत अस्पतालले प्रदान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *